back
NMB ad

५.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण ८ को मृत्यु, लगतै १०० पराकम्प,सुरक्षित रहन आग्रह !

Kumari bank ad

काठमाडौ। उत्तर पश्चिमी चीनमा भूकम्प जाँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । चीनको पश्चिम उत्तरस्थित झिनजियाङको ट्याक्सकोर्गन काउन्टी क्षेत्रलाइ केन्द्र बनाएर गएको ५.५ म्याग्निच्युडको भूकम्पले त्यस क्षेत्रका १२ हजार चिनियाँ प्रभावित बनेका छन् ।

उनीहरुमध्ये ९ हजार २०० बढीलाई सुरक्षित स्थानमा सारिसकिएको चीनको सरकारी समाचार संस्था सिन्हृवाले जनाएको छ । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ ।

१ हजारभन्दा बढी चिनियाँ सेना र १५ सयभन्दा बढी नागरिक भूकम्पग्रस्त क्षेत्रमा राहत तथा उद्धारका लागि पुगेका छन् । झिनजियाङको भूकम्प मापन केन्द्रका अनुसार स्थनीय समय अनुसार बिहान १० बजे भूकम्प गएको हो र त्यसयता करिव १०० पराकम्पहरु गइरहेको छ ।

जमिनको सतहदेखि १० किलोमिटरबाट गएको भूकम्मले केन्द्रबाट २० देखि ५० किलोमिटरको क्षेत्रमा बढी क्षति पुर्‍याएको झिनजियाङ भूकम्प मापन केन्द्रले जनाएको छ ।

ट्याक्सकोर्गनको कुजगुन गाउँमा भूकम्पले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । त्यहाँका कम्युनिष्ट पार्टीका प्रमुख वाङ फुयोउले लगातार पराकम्पहरु आइरहेकाले अझै सुरक्षित महशुस हुन नसकिएको प्रतििक्रया दिएका छन् ।

यस गाउँका थुप्रै घरहरु भग्नावशेसमा परिणत भएका छन् । भूकम्पले घरगोठ भत्कँदा थुप्रै पशुचौपायको पनि मृत्यु भएको छ ।

प्रकाशित मितिः २०७४ बैशाख २८

वि.सं.२०७४ वैशाख २८ बिहीवार १३:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...