back
NMB ad

अनुमतिबिना सञ्चालित विद्यालयलाई कडा कारबाही गरिने

Kumari bank ad

धनुषा । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा जिल्लामा सञ्चालित बिना अनुमति अवैध रुपमा सञ्चालित बोर्डिङ स्कुललाई शुद्धीकरण गर्ने प्रक्रिया अघि बढाइएको धनुषाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताए ।

जिशिअ महतोले उक्त बैठकबाट सात दिनभित्र जिल्लामा सञ्चालित निजी विद्यालयमा अनुमति प्राप्त विद्यालयको खोजीकार्य तीव्र बनाउने निर्णय गरिएको बताउँदै जिल्लामा कतिको निजी विद्यालय अनुमति प्राप्त छन्, हामी त्यसको खोजी गरेर कति कक्षासम्म अनुमति प्राप्त गरेको र कति कक्षासम्म सञ्चालन गरेको बारेमा समेत खोजबिन गर्ने निर्णय गरिएको बताए। बैठकबाट जिल्ला शिक्षा कार्यालय धनुषाबाट अनुमति प्राप्त विद्यालयको अन्तिम नामावली पेस गर्दैै कुनै विद्यालयले प्रमाण जुटाउन तत्कालै नसकेको खण्डमा प्रमाण पेस गर्न समयसीमा दिने निर्णय गरिएको जिशिअ महतोले बताए ।

उनले कुनै विद्यालयको प्रमाण छुटेमा वा सरोकारवालाले गरेको अनुगमनमा कुनै त्रुटि भएको खण्डमा सच्याउने अवधि दिइने बताए । यसका साथै अधिकारी महतोले पाठ्यपुस्तकको नाममा पाठ्यपुस्तक विक्रेता, विद्यालयले कमिशनको खेलमा लागेर अभिभावकहरुबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासो बढेको भन्दै चर्को शुल्क लिने त्यस्तो विद्यालयलाई समेत कारवाहीको दायरामा ल्याउने जनाए । प्यासबनका अध्यक्ष विश्वलाल सिँहले यो साता जिल्ला विद्यालयहरु अनुगमन गरिने र सरकारको शैक्षिक प्रावधान अनुसार शैक्षिक गुठीमा दर्ता भएपछि मात्र विद्यालय संचालन गर्नुपर्ने रहेको छ, र सो नभएमा विद्यालय अबैद्य मानिने छ ।

प्यावसन अध्यक्ष सिंहको अनुसार जिल्ला भरिमा एक सय बढी विद्यालयहरु अबैद्य हुन सक्छ, जनकपुर उपमहानगरपालिका भित्रै मात्र ३० बढी निजी विद्यालयहरु बिना अनुमति सचालनमा रहेको छ । उनले भने –‘त्यस मध्ये १० वटा त यस्तो छ की एक कक्षा सम्मको पनि अनुमति पाएको छैन, तर विद्यालय संचालन गरिरहेका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख २८

वि.सं.२०७४ वैशाख २८ बिहीवार १४:४७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...