back
NMB ad

यसरी हुन्छ लिड बल्बले २ सय मेगावाट बिजुली बचत !

Kumari bank ad

काठमाडौ । उज्यालो नेपाल अभियान सुरु गरेको ऊर्जा मन्त्रालयले २ करोड लिड बल्ब प्रयोग गर्दा २ सय १ मेगावाट बिजुली बचत हुने दाबी गरेको छ । सिएफएल चिमको तुलनामा यो बल्बले कम बिजुली खपत गर्ने हुँदा उक्त परिमाणको बिजुली बचाउन सकिने देखिएको हो ।

मन्त्रालयले गत आइतबार पत्रकार सम्मेलन गरेर बल्ब खरिद गर्दा देशलाई फाइदा हुने हुँदा खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्ने गलत समाचार संप्रेशण नगर्न ऊर्जा मन्त्री जनार्दन शर्माले आग्रह गरेका थिए । ‘देशलाई फाइदा हुने र मुलुक उज्यालो बन्ने काममा कहाँ भ्रष्टाचार भयो, ‘ उनले भने, ‘पुष्टि हुनुपर्यो ।’

लिड बल्ब उपयोग गरेर साँझ र बिहानको उच्च माग व्यवस्थापन गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यही माग व्यवस्थापन गर्न २ करोड बल्ब किन्न लागिएको पनि उनले प्रस्ट्याए । ‘सार्वजनिक खरिद ऐन, २०६३ नाघेर बल्ब खरिद प्रक्रिया अघि बढाएको भन्ने हल्ला गलत हो,’ उनले भने ।

प्राधिकरणका अनुसार सामुदायिक गरी कूल ३५ लाख ग्राहक छन् । एउटा घरमा १० वटाको दरले बल्ब उपयोग गर्दा करिब साढे ३ करोड हुन्छ । तर, २ करोडमात्र किनेर व्यवस्थापन गर्न लागिएको हो । यसो गर्दा उच्च माग भएको बेला वार्षिक २९३।४६० गिगावाट घन्टा बिजुली बचत हुनेछ ।

उक्त परिमाणको बिजुली बचत हुँदा वार्षिक २८ अर्ब ४६ करोड ५६ लाख २० हजार रुपैयाँ बचत हुने प्राधिकरणको दाबी छ । तोकिएको परिमाणको बल्ब जडान गर्न करिब २३ अर्ब रुपैयाँ खर्च हुनेछ । भारतीय सहयोगमा खरिद तथा जडान हुने बल्बको रकम १० महिनामा तिर्न सकिने घिसिङले बताए ।

उच्च माग हुँदा बचत हुँदा मुलुकको वार्षिक करिब ४७ अर्ब रुपैयाँ बचत हुने मन्त्री शर्माले बताए । सार्वजनिक खरिद ऐन लत्याएर बल्ब खरिद गर्न लागेको भन्ने आरोप गलत रहेको उनले प्रस्ट्याए । उनका अनुसार ऐनको दफा ४१ ९घ० २ अनुसार दुई देशका सरकारको सहकार्यमा खरिद प्रक्रिया अघि बढाइएको हो ।उर्जा खबरबाट

प्रकाशित मितिः २०७४ बैशाख २८

वि.सं.२०७४ वैशाख २८ बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...