back
NMB ad

मौन अवधि,हेर्नुहोस् के के गर्न पाइँदैन ?

Kumari bank ad

काठमाडौ । आगामी आइतबार हुने स्थानीय तह चुनावको प्रचारप्रसार बिहीबार राति १२ बजेदेखि गर्न पाइने छैन । घरदैलो, सभा र्‍यालीसहित सामाजिक सञ्जालमार्फत पनि चुनाव प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मौन अवधिमा फेसबुक र एसएमएसमार्फत पनि भोट माग्न पाईंदैन । मौन अवधिमा कसैले फेसबुक, ट्वीटर तथा एसएमएसमार्फत भोट मागेको भेटिएमा आचारसंहिता उल्लंघन गरेको ठहरिने र कार्वाही हुने उनले बताए ।

यो पटकको स्थानीय चुनावमा प्रचारप्रसारका लागि छोटो समय उपलब्ध भए पनि निर्वाचन आयोगले मौन अवधिमा कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ ले मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न रोक लगाएको छ ।

त्यस्तै उम्मेदावर वा राजनीतिक दलको चिन्ह अंकित टोपी, स्टिकर, लोगो, झोला, ट्याटु जास्त सामग्रीको प्रयोग वा प्रर्दशन गर्न आयोगले पूर्णत निषेध गरेको छ । मौैन अवधिको पूर्णरुपमा पालन गरे चुनावलाई निष्पक्ष बनाउन धेरै सहयोग पुग्नेछ । त्यसकारण विशेष गरी राजनीतिक दलले मौन अवधिलाई इमान्दारिता पूर्वक पालन गर्न प्रतिबद्ध हुनुपर्छ ।

हेर्नुहोस्, मौन अवधिमा के के पाईदैन ?

निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदानकेन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने,

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,

एस.एम.एस., फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक संजालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने,

उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

प्रकाशित मितिः २०७४ बैशाख २९

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०८:१५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...