back
NMB ad

सेयर बजारमा किन आफ्नो सेयर आफैंलाई बिक्री गरिन्छ ?

Kumari bank ad

हरिशरण न्यौपाने । तपाईले वाससेल भन्ने सुन्नुभएको छ । सुन्नुभएको छ वा छैन । यदि सुन्नुभएको छैन भने पनि ध्यान दिनुहोस् । वाससेलले आफूसँग भएको सेयर आफ्नो परिवार, नातेदार वा साथीभाईको नाममा बिक्री गर्छ ।

यसो भनिरहँदा यो कुनै बिक्री पनि होईन । तर यो कारोबार भनेको आफुसँग भएको सेयर आफैंलाई बिक्री गर्नु बराबरको कारोबार हो । अब बुझ्नुस्, वाससेलमा कुनैपनि लगानीकर्ताले एकै दिनमा एउटै कम्पनीको सेयर एकै मूल्यमा वा फरक मूल्यमा बराबर संख्यामा किनबेच गर्ने गर्दछ ।

तपाईलाई खुल्दुली लाग्नसक्छ, किनहोला लगानीकर्ताले एकै दिनमा एउटै कम्पनीको सेयर एकै मूल्यमा वा फरक मूल्यमा बराबर संख्यामा किनबेच गरेको भनेर ? फेरी पनि बुझ्नुस्, यसरी किनबेच गर्नुको उदेश्य कम्पनीको सेयरको ब्यापक कारोबार भएको अर्थात् मूल्य घटबढ भएको देखाउनु हो ।

यतिमात्रै होईन यसो गर्नुको अर्को उदेश्य पनि छ । त्यो भनेको कम मूल्यमा कारोबार गराई घाटा देखाउनु र उक्त घाटालाई नाफामा घटाई कर छुटको फाईदा लिनु पनि हो । यतिले मात्रै यसको उदेश्य पुरा भएको छैन । यस्तै अर्को उदेश्य पनि छ त्यो हो, कम मूल्यमा आफ्नो सेयर आफैंलाई बिक्री गरी बजारमा मूल्य घटेको देखाउने र सस्तो मूल्यमा थप सेयर खरिद गर्नु हो ।

तपाईलाई लाग्न सक्छ के नेपालमा यस्ता गतिबिधी हुन्छन् होला त ? जो गैर क्रियाकलापमा सक्रिय छन्, उनीहरुबाट यस्ता गतिबिधीको कमी छैन । त्यसैले सेयर बजारमा तपाई हरदम सचेत बन्नु जरुरी छ ।

प्रकाशित मितिः २०७४ बैशाख २९

वि.सं.२०७४ वैशाख २९ शुक्रवार ०९:३९ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...