back
NMB ad

३ बाणिज्य बैंकसहित ९ बैक तथा वित्तिय संस्थाको करोडौं कित्ता सेयर नेप्सेमा सूचिकृत !

Kumari bank ad

काठमाडौ । नौ वटा बैंक तथा वित्तीय संस्थाले आफ्नो हकप्रद सेयर, बोनस सेयर तथा थप नयाँ सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत गराएका छन् । मंगलबारतीन वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक, तीन वटा फाइनान्स र एउटा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयर नेप्सेमा सूचिकृत गराएका छन् ।

स्टान्डर्ड चार्टड बैंक लिमिटेडले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ नेप्सेमा सूचिकृत गराएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो ।
त्यस्तै, सेती फाइनान्स लिमिटेडको आठ लाख ३४ हजार चार सय दशमलव १४ कित्ता, हिमालयन बैंक लिमिटेडको ६४ लाख २७ हजार तीन सय ५० कित्ता, वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १५ लाख ६९ हजार छ सय कित्ता र मञ्जुश्री फाइनान्स लिमिटेडको ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचिकृत भएका छन् ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक लिमिटेडको ८५ लाख २२ हजार एक सय तीन दशलमव २१ कित्ता, नमस्ते वित्तीय संस्था लिमिटेडको तीन लाख ७५ हजार कित्ता, जेविल्स फाइनान्स लिमिटेडको तीन लाख २१ हजार २६ दशमलव पाँच कित्ता, फेवा विकास बैंक लिमिटेडको २० लाख ४९ हजार सात सय कित्ता र मञ्जुश्री फाइनान्स लिमिटेडको तीन लाख ५० हजार नौ सय १० कित्ता बोनस सेयर नेप्सेमा सूचिृकत भएका छन् । यी कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तामा वितरण गरेको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गराएका हुन् ।

प्रकाशित मितिः २०७४ जेठ ३

वि.सं.२०७४ जेठ ३ बुधवार ११:१७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...