back
NMB ad

कक्षा ११ को परीक्षा फेरी सर्ने

Kumari bank ad

काठमाडौ । दोस्रो चरणमा हुने स्थानीय निवार्चनको कारण कक्षा ११ को परीक्षा मिति पुन परिवर्तन हुने भएको छ । असार १ गतेदेखि सञ्चालन गरिने भनिए पनि निर्वाचनको कारण नयाँ मितिबारे छलफल सुरु गरिएको छ ।

यद्यपी परीक्षाको मिति भने अझै टुंगो नलागेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली राम रिमालले जानकारी दिए । शुरुका ३ विषयको परीक्षालाई पछि गर्ने गरी व्यवस्थापन गर्ने बारेमा नियन्त्रक डम्बर कुमार बतासले बताए । शुरुका केही परीक्षालाई पछि सारेर अरु यथावत राख्ने विकल्पमा छलफल भएको छ उनले भने, हामी यस बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्छौ ।

हिसानका अध्यक्ष रमेश सिलवाल सहित बोर्ड पुगेको टोलीले परीक्षा जस्तो संवेदनशिल कुरामा शिक्षामन्त्री तथा समग्र मन्त्रालय र बोर्ड गम्भीर नभएको भन्दै चर्को आलोचना गरेका थिए ।

यस अघि बैशाख २४ गतेदेखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गतेबाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गर्नुपर्ने भन्दै बोर्डले आन्तरिक तयारी गरेको थियो ।

प्रकाशित मितिः २०७४ जेठ ३

वि.सं.२०७४ जेठ ३ बुधवार ११:५६ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...