back
NMB ad

आइपिएल क्रिकेटः राइजिङ पुणे फाइनलमा

Kumari bank ad

राइजिङ पुणे सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै पुणेले फाइनलमा स्थान बनाएको हो ।

एक सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएकार एक सय ४२ रन मात्रै बनायो । उसका लागि पार्थिव पटेलले ५२ रनको योगदान दिएपनि हार टार्न सकेनन् । पुणेका वासिङ्टन सुन्दर र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पुणेले चार विकेटको क्षतिमा एक सय ६२ रन बनायो ।

पुणेका लागि भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले २६ बलमा ४० रनको योगदान दिए । उनले ५ छक्का प्रहार गरेका थिए । उनको यो धुवाँदार प्रदर्शन टिमको जितका लागि महत्वपूर्ण बन्यो । यस्तै पुणेका लागि मनोज तिवारीले ५८ र अजिन्क्या रहानेले ५६ रनको योगदान गरे ।

प्रकाशित मितिः २०७४ जेठ ३

वि.सं.२०७४ जेठ ३ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, यी दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४७

काठमाडौं । आज बैशाख ६ गते, बिहीबार, सूर्यज्योति लाइफ इन्स्योरेन्स...

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...