back
NMB ad

बाहुबली-२ आउट रेखा इन !

Kumari bank ad

काठमाडौ । २८ अप्रिलमा रिलिज भएको दक्षिण भारतको बहुप्रतिक्षित सिनेमा बाहुबली २ ले भारतमा मात्र होइन नेपालमा पनि राम्रै पैसा छाप्यो । यो फिल्मले वल्डवाइड करीब १३ सय करोडमाथिको ग्रस आम्दानी गरिसकेको छ । नेपालमा पनि प्रदर्शनको ३ हप्तामा लगभग ७ करोडमाथीको विजनेश गरेको यो फिल्मले हिजो बिहीवारसम्म मल्टिप्लेक्स र सिंगल हल पूरै कब्जा गरेको थियो । अहिलेपनि यो फिल्म मल्टिप्लेक्समा हाउसफूल छ ।

तर, शुक्रवारबाट भने बाहुबली-२नेपालका अधिकांश सिंगल हलबाट उत्रिएको छ, कारण रेखा थापा स्टार फिल्म डायरी प्रदर्शनमा आएको छ । सिंगल हलको बादशाह मानिने रेखाले नेपालका अधिकांश सिंगल हल कब्जा गरेकी छिन् भने मल्टिप्लेक्समा पनि डायरी ले केही शो पाएको छ ।

पहिलो पटक भिलेन अवतारमा देखिन लागेकी रेखालाई यो फिल्मको व्यापारले धेरै अर्थ राख्छ । विस्तारै गुम्दै गएको स्टारडम बचाउनका लागि पनि रेखालाई डायरीले व्यावसायिक सफलता हात पार्न आवश्यक छ । गएको बर्ष उनी अभिनित फिल्म ुपलाँसु हलमा लागेको थियो तर यसले कुनै कमाल गरेन । पलाँस असफल भएपछि सिनेवृतमा रेखाको स्टारडम गम्दै गएको चर्चा पनि खुबै चलिरहेको छ । अब डायरी ले यसको निर्णय गर्ने छ कि रेखाको स्टारडम जिवित नै छ वा साँच्चै गुमेको नै हो ।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको फिल्मलाई ुआवरणुु फिल्म मार्फत् निर्माताको रुपमा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका हुन् । फिल्ममा कथा छेतेन गुरुङको छ । फिल्ममा रेखाका अलवा छुल्ठिम गुरुङ र नव(नायक सन्नी सिंहको पनि मुख्य भूमिका छ । पहिलो पटक नायिका छुल्ठिमले यही फिल्मबाट निर्माणमा हात हालेकी हुन् ।

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ जेठ ५ शुक्रवार १३:०८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...