back
NMB ad

किन भयो पोखराको मतगणनामा विवाद ?

Kumari bank ad

पोखरा । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो ।

सर्वदलीय बैठकमा मतगणना सुचारु गर्ने सम्बन्धमा सहमति नजुटेपछि स्वस्तिक छापको प्रयोग सम्बन्धमा आवश्यक निर्णयका लागि निर्वाचन आयोगमा आइतबार पत्राचार गरिएको थियो ।

आयोगले आइतबार साँझ ५.३० बजे जवाफ पठाउँदै मतगणना सुचारु गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझ पुनः सर्वदलीय बैठक राखे पनि दलहरूबीच सहमति जुट्न नसकेका कारण मतगणना सुरु हुन नसकेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए ।

“मतगणना सुचारु गराउन कानुनी आधार मात्र नभएर स्थानीय दलबीच सहमति कायम गर्ने प्रयास स्वरुप आज पुनः सर्वदलीय बैठक बोलाएका छौँ,” उहाँले भने, “सर्वदलीय बैठकमार्फत सहमति कायम गरी मतगणना सुरु गराउने हाम्रो प्रयास छ ।”

मतगणना सम्बन्धमा देखिएको विवादलाई निर्वाचन आयोगले समाधान गर्दै यथासक्य चाँडो मतगणनाको वातावरण तयार गर्नुपर्ने नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले बताए ।

८ जेठ २०७४

वि.सं.२०७४ जेठ ८ सोमवार ०८:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...