बजार ११ अंकले घट्दा पनि नेपाल बैंकको शेयरमा लगानीकर्ता तानिए !

काठमाडौ । आईतबार घटेको सेयर बजार परिसुचक नेप्से सोमबार पनि १०.८४ अंकले घटेर १६१६.४० विन्दुमा झरेको छ । कुल १४५ कम्पनीको ५२ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार ९ लाख ८५ हजार ५५० कित्ता सेयर किनबेच भए ।

सोमबार होटेल, उत्पादनमूलक र फाइनान्सबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा सूचक ६५.३६ विन्दुले घटेको छ । जलविद्युत सूचक १०.१३ र वाणिज्य बैंक समूहको सूचक १४.२२ अंकले तल झरेको छ । उता, उत्पादनमूलक समूह भने २०.६४ विन्दुले बढेको छ । कारोबार रकममा सोमबार नेपाल बैंकले बाजी मारेको छ । नेपाल बैंकको ८ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः बैंक अफ काठमान्डू र हिमालयन जनरल इन्सुरेन्स परेका छन् ।

प्रकाशित मितिः २०७४ जेठ ८

२०७४ जेष्ठ ८ गते १६:१५ मा प्रकाशित

You can share this post!

तपाईको क्षेत्रमा कति बजेट पर्यो ? अब मोबाईलबाटै यसरी थाहा पाउनुहोस् नेपालको बजेट !

संसदको वर्षे अधिवेशन सुरु

Related posts