back
NMB ad

क्रिकेटमा एक रनले के गर्छ ? यो पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । क्रिकेटमा एक रन ल्याउँदा यसका समर्थक वा खेलाडीहरु त्यति खुसी देखिन्नन् । र भन्छन् केहि नभएपनि एक रन जोड्यो । तर एक रनको महत्व कति हुन्छ भन्ने कुरा इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेपछि अझ बढि प्रष्ट हुन्छ । आइतबार राति भएको आइपिएल फाइनलमा १ रनले राइजिङ पुने सुपरजाइण्ट्सलाई हराउँदै मुम्बइले उपाधि आफ्नो पोल्टामा पारी ह्याट्रिक गर्यो ।

आइपिएलको १० वर्षे इतिहासमा मुम्बइ सबैभन्दा धेरै तीनपटक उपाधि जित्ने टीम पनि बनेको छ । १ सय ३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले २० ओभरमा ६ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो ।

पुनेका कप्तान स्टेभेन स्मिथको ५० बलमा ५१ रन, अजिन्क्या रहानेले ३८ बलमा ४४ रन बनाउनु बाहेक अरुले उल्लेख्य योगदान गर्न सकेनन् । मुम्बइले खेलको अन्तिम ओभरमा नतिजा आफ्नो पक्षमा पारेको थियो । अन्तिम ६ बलमा जितका लागि ११ रन चाहिएको अवस्थामा मुम्बइका मिचेल जोनसनले दोश्रो बलमा मनोज तिवारी र तेश्रो बलमा कप्तान स्मिथलाई आउट गरे । पुनेले अन्तिम तीन बलमा चार रन मात्र बनाउन सक्यो र खेल एक रनले हार्यो । मुम्बईका मिचेल जोनसनले तीन साथै जस्प्रित बुम्राहले दुई विकेट लिए ।

Mitchell Johnson of the Mumbai Indians celebrates the wicket of Rising Pune Supergiant captain Steven Smith  in the last over during the final of the Vivo 2017 Indian Premier League between the Rising Pune Supergiant and the Mumbai Indians held at the Rajiv Gandhi International Cricket Stadium in Hyderabad, India on the 21st May 2017 Photo by Ron Gaunt - Sportzpics - IPL
Mitchell Johnson of the Mumbai Indians celebrates the wicket of Rising Pune Supergiant captain Steven Smith in the last over during the final of the Vivo 2017 Indian Premier League between the Rising Pune Supergiant and the Mumbai Indians held at the Rajiv Gandhi International Cricket Stadium in Hyderabad, India on the 21st May 2017
Photo by Ron Gaunt – Sportzpics – IPL

यसअघि टस जितेर ब्याटिङमा आएको मुम्बईको पनि ब्याटिङ कमजोर देखिएको थियो । २० ओभरमा ८ विकेट जाँदा मुम्बईले १ सय २९ रन बनाएको थियो । मुम्बईका रोहित शर्माले २२ बलमा २४ रन, कुर्नाल पाण्डेले ३८ बलमा ४७ रन बनाएका थिए । पुनेका जयदेव उनाडकट, आदम जम्पा, ड्यानियल क्रिष्टियनले दुई दुई विकेट लिए ।

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १६:३१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...