back
NMB ad

काठमाडौँमा पचास प्रतिशत मतगणना, शाक्यको अग्रता कायमै

Kumari bank ad

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ ।

सोमबारदेखि सुरु गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३) मत खसेको थियो । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा निर्वाचन कार्यालयले १३ स्थानमा गणना गरिरहेको छ ।

दैनिक चौबिसै घन्टा गणना गरे पनि मतपत्र ठूलो भएकाले मतगणनामा ढिलाइ भएको छ । ठूलो मतपत्रका कारण एउटा मतपत्र गणना गर्न कम्तीमा तीन मिनेट लाग्ने गरेको छ । बिहान ७ देखि साँझ ६ बजेसम्म एक समूह र साँझ ६ देखि बिहान ६ बजेसम्म अर्को समूहले मगगणना गरिरहेका छन् । अहिले दैनिक १५ देखि २० हजार मतगणना भइरहेकामा सकिन अझै पाँच दिन लाग्ने अनुमान गरिएको छ । अब ७६ हजार २४२ मतगणना गर्न बाँकी छ । पहिले तीन ठाउँमा मात्र गणना गरिएकामा ढिलाइ भएपछि थप स्थानमा मतगणना गरिएको हो । बत्तीस वडा रहेको महानगरपालिकामा अहिलेसम्म १३ वटा वडाको मात्र मतगणना सकिएको छ । तीमध्ये नेकपा (एमाले)ले सात र नेपाली काँग्रेसले छ वडामा विजय हासिल गरेका छन् ।

केही वडामा प्रमुखमा नेपाली काँग्रेसका राजुराज जोशीले बढी मत ल्याए पनि एमालेका विद्यासुन्दर शाक्यलाई मत गएको देखिन्छ । पचास प्रतिशत मतगणना सकिँदा प्रमुखमा मुख्य प्रतिस्पर्धा शाक्य र जोशीबीच भइरहेको छ । पहिलेदेखि अग्रता हासिल गर्नुभएका शाक्यले अहिले अग्रता लिएका छन् । नयाँ उदाएका विवेकशील नेपाली दल र साझा पार्टीले पनि सोचेभन्दा राम्रो मत पाएका छन् ।

८ जेठ २०७४

वि.सं.२०७४ जेठ ८ सोमवार १९:३६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...