back
NMB ad

विद्युत प्राधिकरणको पुनर्संरचना गरिँदै

Kumari bank ad

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको अधिकृत पुँजी १ खर्ब २५ अर्ब रुपैयाँ पुर्याउने गरी व्यापक पुनर्संरचना गरिने भएको छ । आर्थिक पुनर्संरचना गर्न अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव पास भएपछि पुँजी बढ्नेछ ।

आर्थिक पुनर्संरचना गर्न स्वीकृति प्रदान गरिएको फाइल अर्थले ऊर्जा मन्त्रालयमा पठाएको छ । आर्थिक पुनर्संरचना भएको पहिलो वर्ष आम्दानी १ अर्ब ५० करोड र अर्को वर्ष ३ अर्ब थपिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी छ । प्रस्ताव अघि नबढे आगामी ५ वर्षमा १८ अर्ब ६४ करोड रुपैयाँ घाटा थपिने प्रक्षेपण छ ।

प्राधिकरणको पुँजी अहिले करिब ५० अर्ब रुपैयाँ छ । संस्था नाफामा लाने गरी आर्थिक पुनर्संरचना गर्न मन्त्रालयमा प्रस्ताव पेस गरिएको प्राधिकरणका घिसिङले बताए । ‘मन्त्रिपरिषदले प्रस्ताव पारित गरेपछि कार्यान्वयन हुनेछ,’ उनले मंगलबार भने ।

सरकारसँग लिँदै आएको ऋणको वार्षिक व्याज ८ बाट घटाएर ५ प्रतिशत बनाउने प्रस्ताव मन्त्रालयले स्वीकृत गरेको छ । सरकारले ऋणका रूपमा प्राधिकरणमा लगानी गरेको वैदेशिक अनुदान सेयरमा रूपान्तरण गर्दै प्राधिकरणले ग्रामीण विद्युतीकरणमा सेयर लगानी गर्ने व्यवस्था गरेको छ । यो प्रस्ताव पनि अर्थ मन्त्रालयले स्वीकृत गरेको घिसिङले बताए ।

सरकारी कार्यालय, महानगरपालिका, नगरपालिका, गाउँपालिका र उद्योगले तिर्न बाँकी महशुल आगामी आर्थिक वर्षबाट तिर्न सहमत भए हालसम्मको वक्यौता तिरिदिने मन्त्रालयले सहमति जनाएको छ ।

आव २०६८/६९ पछि प्राधिकरणको घाटा ३७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यो रकम अपलेखन गर्ने विषयमा भने अर्थ मन्त्रालयले आपत्ति जनाएको छ । घिसिङका अनुसार प्राधिकरणले पाउने वैदेशिक ऋणको व्याज ८ बाट घटाएर ५ प्रतिशतमा झार्ने र भारतबाट आयातित विद्युतमा हुने घाटा शोधभर्ना दिन पनि मन्त्रालय सहमत जनाएन । यसमा छुट्टै निर्णय गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ जेठ ९

वि.सं.२०७४ जेठ ९ मंगलवार १५:२० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...