नासाका वैज्ञानिकहरुले खोजी गरेको एउटा जीवको नाम भारतका पूर्वराष्ट्रपति एवम अन्तरिक्ष वैज्ञानिक एपीजे अब्दुल कलामको नामबाट राखेका छन् । वैज्ञानिकहरु सम्मान स्वरुप सो जीवनको नाम अब्दुल कलामको नामबाट राखेका हुन् ।
नासाले यसरी नामकरण गरेको जीव एउटा व्याक्टेरिया हो, जसको सोलीबैकिलस कलामी नाम राखिएको छ । उक्त व्याक्टेरिया पृथ्वीभन्दा झन्डै चार सय किलोमिटर माथिको अन्तरिक्षमा पाइएको भारतिय सञ्चार मध्महरुले समचार लेखेका छन् ।
प्रकाशित मितिः २०७४ जेठ ९
वि.सं.२०७४ जेठ ९ मंगलवार १५:५६ मा प्रकाशित