back
NMB ad

सेयरधनीहरुलाई १७५ प्रतिशत हकप्रदको यो अवसर !

Kumari bank ad

काठमाडौ । जनरल फाइनान्स लिमिटेडले एक सय ७५ प्रतिशत अर्थात एक बराबर एक दशमलव सातको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बुधबार १६ औँ, १७ औँ, १८ औँ, १९ औँ र २० औँ गरी पाँच साधारणसभा एकैपटक सम्पन्न गर्दै फाइनान्सले हकप्रद निष्काशनको निर्णय पारित गरेको हो ।

त्यस्तै साधारणसभाले अन्य कुनै बैंक तथा वित्तिय संस्थाहरुमा गाभ्ने/गाभिने तथा एक्विजिसन गर्ने प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थागत सुशासन कायम नभएर वित्तीय संकटमा परेपछि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले तीन बर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो । कतार स्थित गैरआवसीय नेपालीहरुले फाइनान्स किनेर संचालन गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले फाइनान्सलाई गत मंसिर २७ गते समस्याग्रस्तको सूचीबाट हटाएको थियो ।

कम्पनीमा सर्वसाधारणको ४० प्रतिशत सेयर लगानी रहेको छ । हाल फाइनान्सको चूक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ । १७५ प्रतिशत हकप्रद जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ८१ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ जेठ १० बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...