back
NMB ad

प्रचण्डको राजीनामाले रुमल्लिएको नेप्से अन्त्यमा बढ्यो

Kumari bank ad

काठमाडौं । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिने खबरले ट्रयाक परिवर्तन गरेर दोहोरो अंकले बढेको बजार बुधवार दिनभर भने घट्यो । तर, यस दिन ४ बजेपछि राजिनामा आउन खबरले अन्तिम डेढ घण्टामा बजार उकालो लाग्यो ।

नेप्से परिसूचक अन्त्यमा ३.०७ अंकले बढेर १६२९ विन्दुमा आइपुगेको छ । बजारमा केही दिन यता, कम उतार चढाव र केही दिन घटेको बजार सकारात्मक राजनीतिक अवस्था बन्न लागेकोमा केही आशावादी भने बनेको छ ।

बजारलाई नकारात्मक प्रभाव पार्न सक्ने गरि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदरमा वृद्धि गर्नु, सेयर धितोमा कर्जा सहज नहुनुले पनि केही दिन बजारको दिशा स्पष्ट नहुने देखिन्छ ।

यस दिन कारोबारमा आएका होटेल बाहेकका सबै समूहगत सूचकहरु वृद्धि भएको छ । कारोबार रकम ६९ करोड रुपैयाँमा सिमित भएको छ ।

ललितपुर फाइनान्सको संस्थापक सेयर सहित सिद्धार्थ बैंक, हिमालयन जनरल इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै रकमको कारोबार भयो ।

प्रकाशित मितिः २०७४ जेठ १०

वि.सं.२०७४ जेठ १० बुधवार १७:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...