एमालेको अबरोधमा पर्छ कि पर्दैन सरकारको नीति तथा कार्यक्रम ? ४ बजे राष्ट्रपतिले संसद बैठकमा पेश गर्नेछिन्

काठमाडौ। स्थानीय तहको संख्या थपको विरोधमा प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले सदनको कारवाही चल्न नदिने अडान लिएपछि पूर्ववजेट छलफलविना नै यो पटक सरकारले नीति तथा कार्यक्रम आउने भएको छ । व्यवस्थापीका संसदको विहिबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नैछिन् ।

संसद सचिवालयको कार्यतालिका अनुसार विहिबार दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेस गर्ने समय तोकिएको छ । संबैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्नेछिन् ।

निर्वाचन आचार संहितका कारण यो वर्ष पुरानै कार्यक्रम अर्थात गत वर्षको कार्यक्रमलाई नै प्राथमिकता दिएर नीति तथा कार्यक्रम आउने भएको छ ।

यता सदन अवरुद्ध गर्दै आएको नेकपा एमालेले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । एमालेले नीति तथा कार्यक्रम प्रस्तुत हुन दिएपनि संसदका अरु कार्यहरुलाई भने अबरोध गर्ने जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ ११

२०७४ जेष्ठ ११ गते ११:०१ मा प्रकाशित

You can share this post!

Call to make investment environment in Nepal

हाईड्रोको ५ करोड ४० लाख आईपिओ आईतबारदेखि निष्काशन हुने ,कहाँ–कहाँबाट आवेदन दिने ?

Related posts