back
NMB ad

‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने नाराका साथ शेर्माद्धारा सफल सगरमाथा आरोहण

Kumari bank ad

काठमाडौं । विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने मुल नाराकासाथ शुुशिल शेर्माले सफल सगरमाथा आरोहण गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा सुशिल शेर्मा सगरमाथ ओरोहण सहयोग समितिले पत्रकार सम्मेलन गरेर नेपाली समय अनुसार शुशिल शेर्माले यही जेठ ५ गते बिहान ८ः ५३ बजे सगरमाथाको टाकुरामा नेपाली झण्डा फहराएर विश्व शान्तिको लागि आणविक हतियार र अस्त्र शस्त्रको अन्त्यको लागि आह्वान गरेको जानकारी दिएको छ ।
विश्वमा आणविक हात–हतियारसँगै अस्त्र–शस्त्रको प्रभाव बढ्दै गएको र शान्तिको खडेरी पर्ने सम्भावना भएको कारण आणविक अस्त्रको अन्त्यको अभियान नेपालबाट सुरुवात गरेको भन्दै सहयोग समितिका अध्यक्ष टंक सेलिङले भने,‘शुशिले शेर्माको जीवन निक्कै चुनौतिको बीचभागबाट अघि बढेको थियो, धेरैले सोचेका थिए कि उसले सफलता पाउँदैन, तर शेर्मा सफल भएरै छोडे, विश्व शान्तिको विगुल फुकेरै छोडे।’
त्यस्तै कार्यक्रममा सगरमाथा आरोही शुशिल शेर्माले पाँचथर जिल्लाको ईतिहास रचेको र विश्वशान्तिको लागि आफ्ुले सगरमाथाको सिरबाट विश्वलाई खुल्ला आह्वान गरेको बताए ।
उनले भने,‘मलाई निक्कै खुसि लागेको छ, मैले मेरो जन्मथलो पाँचथरलाई मात्रै चिनाउने प्रयास गरेको होईन, विश्वबाटै आणविक अस्त्र शस्त्रको अन्त्यको लागि आह्वान गर्ने अवसर पाएको छु, अब हाम्रो काम भनेको विश्वबाट आणविक हात हतियार र आविक बमहरू निश्तेज पार्ने अभियानमा छौँ त्यो पुरा गर्नुपर्छ।’

११ जेठ २०७४

 

शेर्माद्धारा जारी गरिएको प्रेस विज्ञप्ती

मितीः २०७४ जेष्ठ ११ गते

आदरणीय पत्रकार मित्रहरु हार्दिक अभिवादन !

म शुशिल शेर्मा । यतिबेला तपाईहरु माझ एक सगरमाथा आरोहीको रुपमा उपस्थित छु । तपाईहरुलाई थाहा नै छ सगरमाथा आरोहण एक साहसिक कार्य हो । विश्वकै सर्वोच्च शिखर चुम्ने मेरो बाल्यकालदेखिकै सपना यो सिजन २० मे २०१७ (२०७४ जेष्ठ ५ गते बिहान ८ः५३) मा पुरा गरेको खबर तपाईहरु सुनाउन पाउँदा गर्व लागेको छ ।
अनियन्त्रित रुपमा विकास भइरहेका आणविक हातहतियार अहिले विश्व मानव समुदायका लागि चुनौतीका रुपमा खडा भएको छ । मानव इतिहास र सभ्यता नै समाप्त गर्न सक्ने यस्ता घातक हतियार उत्पादनमा विश्वका केही शक्तिराप्टहरु होड गरिहेका छन् । घातक हातहतियार उत्पादनको विश्व मानव समुदायले विरोध गर्न आवश्यक छ । ुक्बथष्लन ल्य त्य ल्गअभिबच ब्चmकु नारा लिएर विश्व मावन सामुदायलाई यो मुद्धाका बारेमा जानकारी गराउने उदेश्यले सगरमाथा आरोहण गरेको हुँ । विश्वका मानवअधिकारवादी संस्थाहरुलाई पनि यो मुद्धा जोडदार उठाउन हार्दिक अपिल गर्दछु ।
पाँचथरको पहिलो सगरमाथा आरोहीको रुपमा तयारी गर्दा थुप्प्रै अरोहअवरोह आए । वि.स.२०६४ देखि २०६८ सम्म नेपाली सेनाका रुपमा देशको सेवा गरे । जागिरमै रहेर आफ्नो हिमाल चढ्ने सपना पुरा नहुने देखेपछि जागिरबाट राजिनामा दिए ।
जागिर छाडेकै बर्ष सेप्टेम्वर २३ मा पहिलो पटक सोलुखुम्वु जिल्लामा अवस्थित ६,१८९ मिटर उचाइको आइसलैण्ड पिक (इम्जासे) चढे । २०६९ साल जेठ २७ देखि असार ७ गतेसम्म नेपालको सवैभन्दा होचो भू–भाग (झापाको केचनाकलन)देखि विश्वको तेस्रो हिमाल (ताप्लेजुङको कञ्चनजंघा) आधार शिविरसम्मको पदयात्रा गरे । प्रथम मेची शान्ति पदयात्रा नामाकरण गरिएको उक्त पदयात्रा पश्चात १६ नोभेम्वर २०१४ मा रसुवा जिल्लामा अवस्थित ६ हजार २ सय मिटर उचाईको लाङटाङ हिमाल सफल आरोहण गरी अभ्यासलाई जारी राखे । दोस्रो पटक यात्राको लागि औपचारिक विदाइ कार्यक्रम नै भइसकेको थियो । बैसाख १२ गतेका महाभूकम्पका कारण रोकियो । त्यसैले यात्रा धकेलियो र यस पटक सरगमाथा सफल अरोहण गरि फर्किएको छु । अब बाँकी समय आणविक अस्त्र निशस्त्रीकरणका अभियानमा विताउनेछु ।
अन्त्यमा सगरमाथा आरोहणका क्रममा विभिन्न तवरले सहयोग गर्ने सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार कृतज्ञता व्यक्त गर्न चाहान्छु ।

शुशिल शेर्मा
सगरमाथा आरोही

वि.सं.२०७४ जेठ ११ बिहीवार १७:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...