back
NMB ad

एकैचोटी ५ बैंकको हकप्रद भर्ने अवसर,कहिलेसम्म भरिसक्नुपर्ने हो? जान्नुहोस्

Kumari bank ad

काठमाडौ । राष्ट्र बैंकको निर्देशन अनुसार पुँजी वृद्धि गर्नुपर्ने कारण धेरै बैंकहरुले हकप्रदको बाटो रोजे । यसैकारण सेयधनीहरुले विगत लामो समयदेखि हकप्रद सेयर भरिरहेका छन् । यस्तैमा अहिले विभिन्न पाँच विकास बैंकको हकप्रदमा आवेदन दिससक्ने अवसर खुलेको छ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले गत वैशाख १४ गतेदेखि १० बराबर सातको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ९० करोड ७६ लाख २९ हजार छ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार दुई सय ९६ दशमलव ६६ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो ।

हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

एस क्यापिटल लिमिटेड लालदरबार, एस डेभलपमेण्ट बैंकको प्रधान कार्यालय नक्साल काठमाडौं र शाखा कार्यालयहरु, गरिमा विकास बैंकको शाखा कार्यालयहरु, महालक्ष्मी विकास बैंकको शाखा कार्यालय धनगढी, कैलाली, महेन्द्रनगर, कञ्चनपुरबाट र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य शाखा कार्यालय, बिर्तामोड, झापा, धरान रोड, विराटनगर र मोरङबाट हकप्रद भर्न सकिनेछ । हकप्रद भर्ने म्याद जेठ १७ गतेसम्म रहेको छ ।

तिनाउ विकास बैंक

तिनाउ विकास बैंक लिमिटेडको वैशाख १९ गतेदेखि ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँको ११ लाख ९४ हजार सात सय ९६ कित्ता सेयर निष्काशन गरिरहेको हो ।

हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकको हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक र तिनाउ विकास बैंकबाट आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशन जेठ २२ गतेसम्म खुला रहनेछ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंक लिमिटेडले वैशाख २८ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो ।

हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट हकप्रद भर्न पाइनेछ । बैंकको हकप्रद जेठ ३१ गतेसम्म भर्न पाइनेछ ।

सहयोगी विकास बैंक

सहयोगी विकास बैंक लिमिटेडले पनि जेठ १ गतेदेखि १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । सहयोगीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड एक लाख १३ हजार पाँच सय रुपैयाँ बराबरको ११ लाख एक हजार एक सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो ।

हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियूक्त गरेको छ ।

विक्री प्रबन्धकको कार्यालय र सहयोगी विकास बैंकका शाखा कार्यालयहरुबाट उक्त हकप्रद भर्न पाइनेछ । असार ४ गतेसम्म खुला रहने हकप्रद सेयरमा वैशाख १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

हाम्रो विकास बैंक

हाम्रो विकास बैंक लिमिटेडले जेठ ७ गतेदेखि दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर निष्काशन गरिरहेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । एनआईबिएल क्यापिटल, हाम्रो विकास बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट सेयर भर्न पाइनेछ । बैंकको हकप्रद असार ११ गतेसम्म खुल्ला रहनेछ । हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।

प्रकाशि मितिः २०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १२:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...