करोडौंको सेयरको लागि तपाई योग्य बन्न यस्तो छ जेठ २० को समयसिमा !

काठमाडौ । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर यही जेठ २० गते सम्म कायम सेयरधनीले मात्रै भर्न पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि जेठ २१ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।

गत जेठ ७ गते अल्पाइनले तीन बराबर २.०८ को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । अल्पाइनले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँ बराबरको १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल अल्पाइनको चुक्तापुँजी २६ करोड ७५ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्काशन गर्नका लागि अल्पाइन डेभलपमेन्ट बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १२

२०७४ जेष्ठ १२ गते १५:०५ मा प्रकाशित

You can share this post!

सिद्धार्थ बैंकको नयाँ शाखा नवलपरासीको कावासोतीमा

आजै ५ कम्पनीको ९१ लाख कित्ता बोनस सेयर सूचिकृत !

Related posts