काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।
नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक पी राई र सहचालक घाइते भएका छन् ।
उनीहरुको उद्दार भइरहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
१३ जेठ २०७४
वि.सं.२०७४ जेठ १३ शनिवार १४:५० मा प्रकाशित