back
NMB ad

सहकारीले खोल्यो चिया उत्पादन कारखाना

Kumari bank ad

इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ ।

सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् । सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले रु छ करोडको लागतमा कारखाना स्थापना गरेको हो ।

उक्त कारखाना सहकारीस्तरको नेपालकै सबैभन्दा ठूलो अर्थोडक्स चिया कारखाना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए । “कारखाना निर्माणका लागि टी बोर्डबाट रु ७५ लाख र सहकारी विभागबाट रु छ लाख प्राप्त भएको छ” – अध्यक्ष सुवेदीले भने ।

किसानले उत्पादन गरेको हरियो चियापत्ती कारखानामा बिक्री गर्छन् । तर कारखाना सञ्चालकले यो र त्यो बहाना देखाउँदै किसानलाई लागतअनुसारको हरियो पत्तीको मूल्य दिएका छैनन् । सामान्यतयाः दुई पात एक सुइरो भएको ६० देखि ८० प्रतिशतसम्म भएको चियालाई गुणस्तरीय चिया मानिन्छ । सिजनमा किसानले उक्त गुणस्तरको चियाको मूल्य अधिकतम रु छ हजार प्रतिक्विन्टल पाएका थिए । तर इलामेली चिया कारखानाले प्रतिक्विन्टल रु १० हजारमा गुणस्तरीय चिया खरिद गरिरहेको अध्यक्ष सुवेदीको भनाइ छ ।
–ः ४ ः–

किसानले चिया उत्पादन गर्छन् तर उनीहरूको पहुँचमा कारखाना हुँदैन । किसानको थोरैमात्र पुँजीले कारखाना बनाउन सक्दैनन् । कारखाना बनाइहाले पनि गुणस्तरीय तयारी चिया नबन्दा बजारमा बिक्री नहुन सक्छ । त्यो समस्यासँग जुध्न नसक्नु र समस्याको समाधान नखोज्दा किसानले चियाको उचित मूल्य पाउन नसकेको कन्यामका चिया किसान रेवतीरमण पौडेल बताउँछन् । पौडेल भन्छन् “चियाखेती मात्र गर्ने तर प्रशोधन गर्न अरूलाई दिने गर्दा मूल्य नपाइएको हो ।” किसान आबद्ध भएको इलामेली सहकारी संस्थाले स्थापना गरेको कारखानाले अहिले धमाधम हरियोपत्ती प्रशोधन गरिरहेको छ ।

हरियो चियाको मूल्य कम पाइरहेको अवस्थामा दैनिक करिब पाँच हजार किलोग्राम हरियोपत्ती प्रशोधन गर्ने क्षमता भएको कारखानाबाट कृषकले राम्रो मूल्य पाउन थालेका छन् ।

यसअघि किसानले पत्तीको मूल्य बढीमा प्रतिकिलो रु ६० सम्म मात्र पाउँदै थिए । सहकारीले कृषकलाई प्रतिकिलो हरियोपत्तीको मूल्य रु एक सय दिन थालेपछि कारखानामा पत्तीको चापसमेत बढेको छ ।

१४ जेट २०७४

वि.सं.२०७४ जेठ १४ आइतवार १२:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...