नेपालीको वार्षिक आम्दानी बढ्यो,वार्षिक कमाई ८८,७८५ रुपैयाँ !

काठमाडौ । आर्थिक वर्ष २०७३/७४को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा ६.९४ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम, पुनर्निर्माणमा तीब्रता अनि ऊर्जा संकट समाधान भएकाले पनि अपेक्षाभन्दा पनि बढी आर्थिक वृद्धिदर हासिल हुने देखिएको अर्थमन्त्री कृष्णबहादुर महराले बताए ।

सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । यस्तै, प्रतिव्यक्ति आम्दानी ८ सय ६२ अमेरिकी डलर पुगेको उनले जानकारी गराए । गत वर्ष प्रतिव्यक्ति वार्षिक आम्दानी ७ सय ५७ अमेरिकी डलर थियो ।

यस्तै, प्रतिव्यक्ति वार्षिक कमाई ८८ हजार ७८५ रुपैयाँ पुगेको सर्वेक्षणले देखाएको छ । वित्तीय पहुँचमा सुधार आएको, पुँजीगत खर्चमा सुधार हुनेक्रममा रहेको अनि पुँजी बजारमा पनि सुधार भएको उनको भनाई छ । आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा पनि अपेक्षाकृत विकास भएको अर्थमन्त्रीको भनाई छ ।

प्रकाशित मितिः २०७४ जेठ १४

२०७४ जेष्ठ १४ गते १४:०७ मा प्रकाशित

You can share this post!

बलीउडस्टार सलमान खानलाई कुट्ने को ? (हेर्नुहोस् भिडियो)

ट्रम्पका ज्वाँई ज्यारेड किन परे अनुसन्धानको घेरामा ?

Related posts