back
NMB ad

भैरहवामा अवैध क्यासिनो धन्दा !

Kumari bank ad

भैरहवा । भैरहवामा एउटा मात्र क्यासिनो सन्चालन गर्नेगरी अनुमति पत्र (लाइसेन्स) लिएको हयाप्पी आवर प्रा.लिले २ वटा सन्चालन गरिरहेको छ । हयाप्पी आवरले आफै होटल लाकौंल र होटल नान्समा रुपा इन्टरनेशनल मार्फत क्यासिनो सन्चालनमा छन् । जबकी हयाप्पी आवरले नेपालमा जम्मा जम्मी ४ ठाउमा क्यासिनो सन्चालन गर्ने अनुमति प्राप्त गरेको छ । जसमध्ये झापा, नेपालगन्ज र महेन्द्रनगरमा पहिलेदेखी सन्चालनमा छन् भने भैरहवामा कानुनसंगत एक ठाउमा मात्रै सन्चालन हुनुपर्ने हो । एउटा लाइसेन्समा २ ठाउमा सन्चालनमा आएपछि क्यासिनो सन्चालकहरुबीच विवाद चुलियो । उनीहरुको विवादलाई सर्वोच्च अदालतले तत्कालकोलागी टुंगाउदै होटल लाकौंलमा हयाप्पी आवर गेमिंग क्लब मार्फत सन्चालन भइरहेको क्यासीनो गैरकानुनी भएकोले बन्द गर्न निर्देशन समेत दियो ।
उक्त होटलमा सन्चालित क्यासीनो तत्काल बन्द गर्न सर्वोच्च अदालतले २०७४ बैशाख २४ गते उत्प्रेषण परमादेश जारी गरेको हो । रिट ८, ०७३ डब्लु ओ ११७३ मार्फत न्यायाधिस चोलेन्द्र शम्शेर जबराको एकल इजलासले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नाममा अलग अलग आदेशको प्रतिलिपि सहित सूचना म्याद समेत पठाई लाकौलमा सन्चालित क्यासीनो तत्काल बन्द गर्न समेत भनिएको छ ।

casino bhw (4) casino bhw (3) casino bhw (2)
कानुन कार्यान्वयन गराउने निकाय जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बैशाख २५ गते नै सर्वोच्च अदालतको पत्र बुझेको छ । सो कार्यालयका नासु माधब प्रसाद घिमिरेले पत्र बुझेको हुन् । यसैगरी जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरिक्षक भवानी प्रसाद धमलाले पत्र बुझेका छन् । पत्र बुझेको २० दिन बितीसक्दा पनि प्रहरी र प्रशासनले केही कारबाहि गरेका छैन । सो सम्बन्धमा यो सम्बाददाताले प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई बुझ्दा, सो सम्बन्धमा पर्यटन मन्त्रालय र विभागका डिजीलाई जानकारी गराईसकेको बताए । उनले भने ‘क्यासिनोमा नेपालीहरुको प्रवेश रोक्नु स्थानिय प्रशासनको काम हो । अन्य काम पर्यटन विभागले गर्दछ । यद्यपी अदालतको पत्र आएपछि हामीले सो सम्बन्धमा सचिव र डिजीलाई भनिसकेका छौं ।‘
प्रजिअ अधिकारीले हयाप्पी आवरले भैरहवामा एक ठाउमा मात्रै क्यासिनो सन्चालन अनुमति लिएर दुई ठाउमा सन्चालन गर्नु गैर कानुनी भएको बताए ।
न्यायाधिश जबराको इजलासले रुपा इन्टरनेशनल प्रा.लि र हयाप्पी आवर प्रा.लिबीच २०६८ बैशाख १६ गते १० वर्षको करार अवधी राखी क्यासीनो सन्चालन गर्ने गरी गरेको सम्झौता बदर नभई कायम भएको पनि बताएको छ । सो सम्झौता अनुसार रुपा इन्टरनेशनल प्रा.लिले होटल नान्स प्रा.लि भैरहवासंग मिति २०६८ बैशाख २० गते सम्झौता गरी क्यासीनो सन्चालन गरेको थियो ।
नेपालभरीमा हयाप्पी आवरले ४ वटा क्यासीनो मात्रै सन्चालन गर्नपाउने अनुमति लिएको छ । चार ठाउ मध्ये झापा, नेपालगन्ज र महेन्द्रनगरमा एक एक ठाउमागरी ३ वटा क्यासीनो सन्चालन भइरहेका छन् । अर्को ठाउमा रुपा इन्टरनेशनल मार्फत भैरहवामा एक ठाउमा मात्रै हुनुपर्नेमा २ ठाउमा सन्चालन भइरहेको छ । होटल नान्समा रुपाले सन्चालन गरेको छ भने लाकौंलमा हयाप्पी आवरले नै सन्चालन गरेको छ । एक ठाउमा अनुमति लिएर २ ठाउमा सन्चालन भइरहेको छ । मिनी क्यासीनो सन्चालकले एक ठाउमा क्यासीनो सन्चालन गरेबापत नेपाल सरकारलाई वार्षिक ५० लाख कर (रोयल्टी) तिर्ने गर्दछ । भैरहवामा एक ठाउमा सन्चालन भएको कानुनमा देखिएको भएतापनि व्यवहारमा २ ठाउमा सन्चालन हुदां वर्षेनी ५० लाख प्रत्यक्ष कर संकलन नोक्सानी हुने भएको छ ।
गैर कानुनी हो भनेर जान्दा जान्दै पनि नियमक निकाय मौन बस्नुमा कतै गैर कानुनी कारोबार गर्नेहरुले नियमक निकायकालाई प्रभाव र दबाबमा पारेका त छैनन भनी शंका उब्जाएकोछ । चेंकजांजको नाममा क्यासीनोमा बारम्बार छापा हान्ने प्रहरी प्रशासन अदालतको लिखित पत्रले गैरकानुनी क्यासीनो बन्द गर्न दिएको निर्देशन अझै कार्यन्वयन गराउन सकेको छैन । कानुनसंगत दृष्टिले कुनै एक ठाउमा मात्रै क्यासीनो सन्चालन हुनुपर्दछ ।
हयाप्पी आवर क्यासीनो केही महिना अगाडी सन्चालकबीचको विवादको कारण नान्समा बन्द भई होटल लाकौलमा गयो । तत्पश्चात रुपा इन्टरनेशनलका मनोज सुवेदी र हयाप्पी आवरका सुरेन्द्र सिंह बीच भएको विवादमा सर्वोच्च अदालतले २०७४ बैशाख २४ गते रुपा इन्टरनेशनलकै पक्षमा अन्तरीम आदेश दियो । त्यसपछि रुपाले पुनः क्यासीनो नान्समा सन्चालन गरयो । यसरी हाल भैरहवामा हयाप्पी आवरका २ वटा क्यासीनो सन्चालनमा छन् । तर कर तिर्ने बेला एकवटा मात्रै तिरीएको छ । सन्चालकको जुंगाको लडाईको मारमा एकातिर होटल व्यवसायी परेका छन् भने अर्कोतिर राज्यलाई मासिक लाखौं नोक्सानी भइरहेको छ । प्रहरी प्रशासन रमिते बनेको छ ।
सीमावर्ति क्षेत्रमा भैरहवा क्यासिनो सन्चालनकोलागी सबैभन्दा उपयुक्त ठाउ हो । क्यासिनो सन्चालन गरिनुपर्दछ । किनकी यहि खेलको माध्ययबाट सरकारलाई वर्षेनी करडौं राजस्व आम्दानी हुन्छ । तर गैर कानुनी कारोबार भने रोकिनु पर्दछ ।
क्यासीनो यसलाई नेपालको विद्यमान कानुनले मनोरन्जनात्मक विद्युतिय खेल भनेरि परिभाषीत गरेको छ । नेपालको यो खेलको इतिहांस धेरै लामो छैन । यो खेलका खेलाडी नेपालको प्रचलित कानुनले विदेशी नागरिक भनेर स्पष्ट पहिचान गरेको छ । यद्यपी लुकीछिपी नेपाली नागरिकहरु पनि यो खेलमा सहभागी हुनेहुदां घरबास नै उठ्ने गरेको जसको कारण विभिन्न अपराध बढ्ने गरेको तथ्यांक हाम्रो सामु छ ।
नेपालका मुख्य शहरहरुका स्तरीय होटलमा विदेशी नागरिकलाई लक्षित गरी क्यासीनो (जुवाघर) सन्चालनमा आएको देखिन्छ । राज्यले खेल मार्फत विदेशी मुद्रा आर्जन गर्ने महत्वपर्ण स्रोत बनाएको भएता पनि यो खेलमा पनि विभिन्न कमीकमजारी देखिएका छन् । जसले राज्यले कमाउने भन्दा पनि गुमाउन बाध्य भएको छ । जसको जवल्त उदाहरण भैरहवामा सन्चालित क्यासीनोलाई लिन सकिन्छ ।
हाल भैरहवामा तीनवटा होटलमा क्यासीनो सन्चालनमा छन् । होटल नान्स र होटल लाकौंलमा हयाप्पी हावरको क्यासीनो सन्चालनमा छ भने होटल रेडसनमा रक इन्टरनेशनलद्वारा सन्चालीत छ ।
यी क्यासीनोका मुख्य ग्राहक भारतीय नागरिक नै हुन् । क्यासीनोको तथ्यांकलाई विश्लेषण गर्दा पनि विदेशी नागरीक अपबादको रुपमा मात्रै खेल खेल्न आउने गरेका छन् । नेपालमा सन्चालित यी क्यासीनोहरुमा मुख्यतया ३ किसीमका समस्या देखिएको छन् । पहिलो क्यासीनोहरुको व्यवस्थापन एकाधमा बाहेक अन्तराष्ट्रिय मापदण्ड अन्र्तगत छैन । दोस्रोः क्यासीनो खेलका सहयोगीहरु अधिकांश अर्धदक्ष महिला कर्मचारी छन् । उनीहरुको प्रायाप्त सुरक्षा छैन । रक्सी खाएर झोलील्दै क्यासीनो खेल्नेहरुले ती महिला कर्मचारीसंग गर्ने अभद्र र तुच्छ व्यवहारले उनीहरु प्रताडीत भएता पनि रोजगारीको अर्को विकल्प नहुदां काम गर्न बाध्य छन् । तेस्रोः क्यासीनोमा कति कारोबार हुन्छ जसको हुबहू तथ्यांक राखिदैनं । भैरहवामा सामन्य अवस्थामा एउटा क्यासीनो सन्चालकले मासिक १ करोड कुल आम्दानी गर्ने विशेष स्रोतको दाबी छ । तर व्यवसायीको आम्दानी तथ्यांक हेर्दा त्यस्तो देखिदैंन । उनीहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी समेत बुझाउदैनन् ।
१४ जेठ २०७४

वि.सं.२०७४ जेठ १४ आइतवार १८:११ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...