back
NMB ad

यस्तो आयो भरतपुरको पछिल्लो परिणाम, झन भन्दा झन रोचक

Kumari bank ad

काठमाडौं । स्थानीय तह निर्वाच पहिलो चरण मत परिणामको अन्त्य तिर आइपुग्दा देशभरको ध्यान भरतपुर महानगरमा खिचिएको छ । सत्ता साझेदार माओवादी–काँग्रेसको गठबन्धन र प्रधानमन्त्रीकी छोरी नै उम्मेदवार बनेका कारण पनि सुरु देखि चर्चामा रहेको थियो भरतपुर । अन्य सबैजसो स्थानको मत परिणाम आइसकेको अवस्थामा भरतपुरको बाँकी रहँदा सबैको ध्यान भरतपुरमै खनिनु स्वभाविक नै हो । मत गणना गर्न २ वटा वडाको करिव ६ हजार मात्र बाँकी हुँदा भरतपुरको मत परिणाम झन रोचक बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार एमालेका उम्मृदवार देखी ज्ञवालीको ४१ हजार ४ सय २१ छ भने गठबन्धनकी रेणु दाहालको ४० हजार ६ सय ६६ मत पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को १२ सय गणना हुँदा देवीले ७ सय ५५ मत बढी ल्याएका छन् । चितवनका स्थानीय १९ वडाले नै जित हारको निक्र्योल गर्ने भन्दै मत गणनास्थलमा झुम्मिएका छन् । सुरु देखिकै मतको ट्रेण्ड हेर्दा दुवै पक्ष उत्तिकै आशावादी देखिएका छन् । दुवै पक्ष जित्छौं भनेर ढुक्कसाथ उभिए पनि यो परिणामले दुवै पक्षलाई उत्तिकै प्रेसर थपेको छ । संसारभरका नेपालीको ध्यान खिचेको भरतपुरबारे अन्तिम नतिजा कुर्न भने गणतन्त्र दिवसनै कुर्नु पर्ने अवस्था छ ।
१४ जेठ २०७४

वि.सं.२०७४ जेठ १४ आइतवार २१:१७ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...