सुनसहित विमानस्थलबाट दुई जना पक्राउ !

काठमाडौ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षका रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षका राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो ।

साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा बसी सुन सङ्कलन गरिरहेका अवस्थामा दुवैलाई सुनसहित पक्राउ गरिएको हो । रासस

प्रकाशित मितिः २०७४ जेठ १६

२०७४ जेष्ठ १६ गते १५:५४ मा प्रकाशित

You can share this post!

बार्सिलोनाको नयाँ प्रशिक्षकमा एर्नेस्टो भाल्भेर्डे नियुक्त

मंगलबार २१ अंकले घटेको सेयर बजारमा के–के भयो ?

Related posts