back
NMB ad

जान्नुहोस्,एकैजनाले हाइड्रोको २८०० कित्ता शेयर आईपिओ यसरी पाउनुहुनेछ

Kumari bank ad

काठमाडौ। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि शेयर निष्काशन गर्ने भएको छ कम्पनीले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ।

कम्पनीले यही वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर निष्काशन गर्ने भएको छ । छिटोमा असार ३ र ढिलोमा असार २३ गते निष्काशन बन्द हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावितका लागि पाँच लाख ६० हजार कित्ता शेयर निस्कासन गरेको हो। त्यस मध्ये दुई लाख २४ हजार कित्ता शेयर प्रत्यक्ष प्रभावित पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई छुट्याइएको छ। बाँकी तीन लाख ३६ हजार कित्तामा पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउने जनाइएको छ। कम्पनीले आउँदो माघसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको जनाएको छ।

रैराङ हाइड्रोपावरले यस अघि धादिङमा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गरेको थियो। अहिले इवाखोला जलविद्युत आयोजनामा २५ प्रतिशत शेयर रिडी हाइड्रोपावरको नाममा रहेको जनाइएको छ।

अहिले १० प्रतिशत शेयर स्थानीयका लागि निस्कासन गरेको र दोस्रो चरणमा बाँकी १५ प्रतिशत सर्वसाधारणलाई जारी कम्पनीको तयारी छ। एक जनाले न्यूनतम ५० कित्ता देखि अधिकतम २८०० कित्तासम्म आवेदन दिन सक्ने निस्काशन तथा बिक्री प्रवन्धक एस क्यापिटलले जनाएको छ।

सर्वसाधारणले सिभिल बैंकको फिदिम र थर्पु शाखा, माछापुच्छ्रे बैंक फिदिम, एनआइसी एसिया बैंक फिदिम एवं एनएमबि बैंकको फिदिम र ताप्लेजुङ शाखामा आवेदन दिन सक्ने जनाइएको छ।

प्रकाशित मितिः २०७४ जेठ १७

वि.सं.२०७४ जेठ १७ बुधवार १४:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...