back
NMB ad

भरतपुर घटनामा आयोगले निर्णय गर्न सकेन, दियो यस्तो निर्देशन !

Kumari bank ad

ठमाडौं । निर्वाचन आयोगले चितवनको भरतपुरमा मतगणनाका क्रममा च्यातिएको मतपत्रका बारेमा दिनभर छलफल गरे पनि निर्णय गर्न सकेन । निर्वाचन आयोगले कति मत च्यातिएको छ, कति कुन अवस्थामा छ भन्ने बारेमा त्यहीँका उमेदवार, प्रमुख जिल्ला अधिकारीको रोहवरमा सिल गरिएको क्षेत्रलाई खोलेर अध्ययन गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
यसअघि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको सम्बन्धमा छानविन गर्न बनेको समितिले निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको थियो ।

मतगणना भैरहेका बेला माओवादी केन्द्रका दुई जना कार्यकर्ताले करिब एक सय जति मतपत्र च्यातेका थिए । च्यातिएको विषयलाई अनुसन्धान गर्न बनेको समिति भरतपुर पुगेर फर्किएपछि आफ्नो रिपोर्ट आयोगमा बुझाएको छ ।
निर्वाचन आयोगले भरतपुरमा घटेको घटना छानविन गरेर प्रतिवेदन बुझाउन सहन्यायाधीवक्ता गिता तिमिल्सिनाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
छानविन समितिले दिएको प्रतिवेदनको आधारमा भरतपुरमा पुनः निर्वाचन गराउने कि मतगणना भन्ने निर्णय हुनेछ ।
समितिका प्रतिनिधि भरतपुर पुगेर फर्किएपछि प्रतिवेदन तयार पारेका हुन् ।

election council realese

१७ जेठ २०७४

वि.सं.२०७४ जेठ १७ बुधवार २०:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...