back
NMB ad

‘श्यामप्रसादको निधनबाट साहित्यमा अपुरणीय क्षति’

Kumari bank ad

काठमाडौँ। वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको बताइएको छ ।

शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उनको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिए ।

सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यसमेत रहनुभएका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयाममा छ दशक भन्दा बढी समयसम्म योगदान दिएका थिए ।

शर्माको गत वैशाख २४ गते ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो । उनको पाँच दर्जनबढी पुस्तक प्रकाशित छन् ।

सङ्घका पूर्व अध्यक्ष एवम् चिन्तक निनु चापागाईंले शर्मा होचो कदको अग्लो मान्छे भएको चर्चा गर्दै विरोधीसँग पनि मिलेर काम गर्न सक्ने क्षमतावान् रहेको जनाए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले शर्मा जनपक्षीय विचारका प्रणेता भएको जनाउँदै प्रगतिशील साहित्यिक क्षेत्रको धरोहरको निधनबाट अपुरणीय क्षति भएको बताए ।

शर्माका छोरी सम्झना शर्माले उनका बाँकी पाण्डुलिपिको प्रकाशनमा सबैको सहयोगको अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा सङ्घका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डङ्गोल, साहित्यकारहरू शान्तादास मानन्धर, हरिहर खनाल, राम विनय, वासुदेव अधिकारी, मित्रलाल पङ्ज्ञेनी, डा विन्दु शर्मालगायतले श्यामप्रसादको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए।
प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार ११:०३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...