back
NMB ad

सर्वोच्चको आदेश कुर्दै एमाले,मंगलबारसम्मका लागि संसद बैठक स्थगित

Kumari bank ad

काठमाडौ। लगातार संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले भरतपुर प्रकरणबारे सर्वोच्च अदालतको आदेश पर्खिने भएको छ । त्यसअनुसार उसले २३ गतेसम्म संसद स्थगित गराएको छ ।

भरतपुर महानगरपालिकाको वडा नं.१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा आइतबार नै रिट दायर भएको छ । वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटको पेशी भोलि सोमबारका लागि तोकिएको छ ।

आइतबार नै संसदमा प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूची थियो, जसलाई एमालेले दुई दिन पछाडि धकेलिदिएको छ । एमालेले भरतपुरमा मतगणना सुचारु हुनु पर्ने माग गर्दै बुधबारदेखि नै संसद अवरुद्ध पार्दै आएको थियो ।

निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय लिएपछि थप आक्रोसित बनेको एमालेले प्रधानमन्त्री निर्वाचनकै प्रक्रियामाथि समेत प्रश्न उठाएको छ ।

एमालेले सर्वोच्चको आदेश पर्खिने रणनीति लिएको छ । त्यही अनुसार एमाले संसद बैठक पर्सि मंगलबारलाई सार्न सफल भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमालेले नै संसद बैठक सार्ने प्रस्ताव गरेको थियो ।

एमालेको प्रस्तावमा संसद सारिएको भन्दै सत्तारुढ दलका एक नेता भन्छन्, ‘एमालेले सर्वोच्चको आदेश पर्खिन खोजेको देखिन्छ ।’

तर, सर्वोच्चले एमालेको अपेक्षा अनुसार पुनः मतदान गर्ने निर्णय रोक्न आदेश आएन भने उसले के गर्छ हेर्न बाँकी नै छ ।

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार १६:०२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...