back
NMB ad

आईतबार १० अंकले घटेको सेयर बजार सोमबार के होला ?

Kumari bank ad

काठमाडौ । आइतवार नेप्से परिसूचक १०.५ घटेर १,५९३.८१ बिन्दूमा कायम हुन पुगेको छ । आईतबार नेप्से परिसूचकसँगै अधिकांश समूहगत परिसूचकहरु घट्न पुगे ।

यसदिन क वर्गका कम्पनीहरुको सेन्सेटिभ परिसूचक पनि २.२७ ले घट्न पुग्यो । समूहगत परिसूचक तर्फ बीमा कम्पनीको परिसूचक सबैभन्दा उच्च बिन्दु ९५.०६ अंकको गिरावट देखिएको छ । त्यस्तै जलविद्युत समूहको परिसूचक ३०.६९ अंकको कमी आयो भने होटल्स समूहमा १५.५५ अंकले घटेको छ । त्यसैगरि बाणिज्य बैंक समूहमा ९.१९ अंकले गिरावट आएको छ भने उत्पादनमूलक क्षेत्रको परिसूचक १३.१ अंकले कमी हुनपुग्यो । विकास बैंक समूहको परिसूचक ७.६९ तथा वित्त कम्पनीको परिसूचक १.०९ अंकले घटेको छ ।

समूहगत परिसूचकमा अन्य समूहको परिसूचकमा मात्र ०.८६ अंकको वृद्धि भएको छ ।

साताको पहिलो दिन आईतबार १४१ कम्पनीको कुल ५५ करोड ६७ लाख ३६ हजार १ सय ६५ रुपैयाँको कारोबार भएको छ । आज बजारमा कुल ९ लाख ५० हजार ४ सय ७३ कित्ता शेयर करोबार भए ।

राष्ट्रिय राजनीतिमा दलहरुबिच सहमति नहुँदाको परिणाम आज शेयर बजारमा देखिएको छ । नयाँ सरकार गठनको प्रकृया शुरु नहुँदा र दलहरुबिच बेमेल हुँदा प्रभाव परेको सेयर बजारमा सोमबार पनि यसै होला भन्ने अवस्था नरहेको विष्लेषकहरु बताउँछन् ।

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार १६:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...