back
NMB ad

किन लगाए सडकमा फलामे बार ?

Kumari bank ad

डडेल्धुरा । पहाडी राजमार्गका सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइएको छ । बर्सेनि ७ नं प्रदेशका पहाडी सडकमा सडक दुर्घटनामा परी थुप्रै मानिसले ज्यान गुमाउने र धेरै मानिस अङ्गभङ्ग हुन थालेपछि उक्त बार लगाइएको हो ।

सुदूरपश्चिमको महाकाली राजमार्गअन्तर्गत कैलालीको खानीडाँडादेखि दार्चुलासम्म र जयपृथ्वी राजमार्गमा सडक सुरक्षाका लागि फलामे बार लगाउन सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालयका अनुसार यातायातको चाप बढी हुने सुदूरपश्चिमका अधिकांश पहाडी राजमार्गमा सडक सुरक्षा सहयोग कार्यक्रमअन्तर्गत सडक दुर्घटना कम गर्न करोडौँको लगानीमा फलामको बार लगाएको हो ।

सडकको घुम्तीसहित जोखिम क्षेत्रमा फलामको बार लगाउँदा राति बारमा गरिएको पेन्टिङले घुम्तीमा रोडलाइन देखाउने र सामान्य रुपमा गाडीमा समस्या आई ब्रेकफोर्स समेत गरी दुर्घटनाबाट जोगाउने डिभिजन कार्यालय डोटीेका इ महानन्द जोशीको भनाइ छ ।

सडकमा फलामे बार लगाउँदा यात्रु गाडी दुर्घटनाको जोखिमबाट जोगिने र चालकलाई समेत दिउँसो र राति गाडी चलाउनमा सहजता भएको छ ।

डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र बझाङका राजमार्गमा जोखिम र घुम्ती भएको स्थानमा फलामे बार लगाउने काम भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा सडक सुरक्षाका लागि फलामको बार लगाइएसँगै सडक दुर्घटनामा कमी आउने विश्वास लिइएको छ ।

(फाइल फोटो)

प्रकाशित मितिः २०७२ जेठ २३

 

वि.सं.२०७४ जेठ २३ मंगलवार १२:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...