back
NMB ad

पर्यटकलाई लोकल माछा र स्थानीय उत्पादनको स्वागत !

Kumari bank ad

तेह्रथुम। तेह्रथुममा पर्यटकलाई लक्षित गरी फेदाप गाउँपालिका–२ ओयाक्जुङमा अत्याधुनिक सेवा सुविधासहितको साङ्ग्रिला रिसोर्ट सञ्चालनमा आएको छ। प्राकृतिक मनोरम वातावरणमा खोलाको ताजा माछाको परिकार, स्थानीय उत्पादन र परम्परागत खाना, पौडी पोखरीलगायतका सुविधा रहेको छ। करिब एक करोडको लागतमा खुलेको रिसोर्टमा आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ।

अर्गानिक स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासमा समेत टेवा पुर्याउने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको सञ्चालक दुर्गाबहादुर लिम्बु बताए। यहाँ पुग्न सदरमुकाम म्याङलुङदेखि करिब आधा घन्टाको यात्रा तय गर्नुपर्छ।

म्याङलुङ नगरपालिका– ३ पिप्लेमा ‘डाउनहिल कटेज’ सञ्चालनमा आएको छ। कटेजमा लोकल कुखुरा, लोकल माछा, लोकल खसी, अर्गानिक तरकारी र स्वादिष्ट खाद्य परिकारले ग्राहकलाई तानिरहेको छ। स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्धनकै लागि व्यवसाय थालेको सञ्चालक राजु गड्तौलाले बताए। ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालनमा आएको हो।

पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य नै बनेको अर्को रिसोर्ट हो लालीगुराँस नगरपालिका–९, लसुनेको ‘ब्लाक वाटर रिसोर्ट’। पहिलेदेखि नै कालापानी नामले परिचित उक्त ठाउँमा माछापालनसमेत गरिएको छ। ट्राउट माछाको स्वाद चाख्न र फार्म हेर्नकै लागि पनि यहाँ सयौँ आन्तरिक पर्यटक आउने गरेका सञ्चालक धर्मराज खड्काले बताए।

“गुराँस हेर्न र रमाउन आउनेको सङ्ख्या अत्यधिक छ,” उनले भने । पछिल्लो समय जिल्लाको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रबारे र सक्रान्तिबजार लगायत क्षेत्रमा आकर्षक सुविधायुक्त होटल थपिएका छन्।

लालीगुराँस, ढाका, ह्यात्रुङ झरनालगायत थुप्रै पर्यटकीय क्षेत्रले परिचित जिल्लाका बजारमा पर्यटक लक्षित होटल थपिने क्रम बढेको होटल व्यवसायीय सङ्घका सचिव चेतन सुवेदीले बताए।

सरकारले नमुना सहर बनाउने घोषणा गरेसँगै वसन्तपुर बजारमा होटल व्यवसाय फष्टाउँदै गएको छ। दुई वर्ष यता वसन्तपुर बजारमा दर्जन बढी सुविधायुक्त होटल थपिएका छन्। अव्यवस्थित रुपमा सञ्चालनमा रहेका होटल पुनः व्यवस्थापन र स्तरोन्नति गर्ने क्रम बढेको छ। हालसालै मात्रै नयाँ भवन निर्माण गरेर पर्यटक लक्षित सुविधायुक्त सेवा थप गरी होटलको व्यवस्थापन गरेको याक होटलका सञ्चालक छिरिङ भोटियाले बताए।

पर्यटकीयस्थल तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारसमेत रहेको वसन्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भएकाले पनि होटल व्यवसायमा लगानी गर्न व्यवसायी आकर्षित भएका छन्। अहिले वसन्तपुर बजारमा मात्र साना ठूला गरी ५२ वटा होटल सञ्चालनमा छन्। ती होटलमा ५० लाख भन्दा बढीको लगानी रहेको छ।रासस

प्रकाशित मितिः २०७४ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार १४:३३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...