back
NMB ad

भरतपुरमा मतपत्र च्यात्नु गलत भयो,व्यक्तिगतरुपमा केपी ओलीकै पक्षमा छुः प्रधानमन्त्री प्रचण्ड

Kumari bank ad

काठमाडौ । मंगलबार संसद बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर घटना दुखःद भएको बताए । उनले भने, ‘भरतपुरमा जो घटना भयो दुःखद छ गलत छ । मैले च्यातियो भन्ने सुनेपछि नै गलत भयो भनेको छु र निर्वाचन आयोगलाई प्रधानमन्त्रीको हैसियतले बोलाएर जे ठीक लाग्छ त्यहि गर्नुस् भनेर भनेको छु । मतपत्र च्यात्नेलाई सही भन्न सकिँदैन ।’

मतपत्र च्यात्न पार्टीले निर्देशन नदिएको र निर्वाचन आयोगलाई पनि पुनः मतदान गर्न दबाव नदिएको प्रचण्डले प्रष्ट पारे ।

प्रचण्डले भने, ‘अपवादको रुपमा यो घटना घटेको छ । ५–६ दिन अगाडि मैले उम्मेदवारलाई रेणु दाहाललाई के भने भनें, देबी ज्ञवालीको मत अन्तर बढ्दै गएको थियो, करिब ४ हजार पुगेको थियो । जिते पनि जित्यौ, हारे पनि जित्यौ ढुक्कसँग बस्नु भनें । त्यसपछि तीन दिनसम्म चितवनमा कसैसँग सम्पर्क भएको छैन ।’

उनले सम्बोधनकाक्रममा भरतपुर घटनाबारे आफुपनि एमाले र केपी ओलीले भनेकै पक्षमा रहेको समेत बताए । उनले भने व्यक्तिगतरुपमा म प्रतिपक्षिले उठाएकै कुरामा सहमत छु ।

भरतपुर घटनाबाट पाठ सकिएको र अब सबैभन्दा निष्पक्ष चुनाव त्यहीँ हुने भन्दै प्रचण्डले भने, ‘सबैको आँखा भरतपुरमा छ । यो विषय अदालतमा पनि पुगेको छ । अब सबैभन्दा निष्पक्ष चुनाव भरतपुरमै हुन्छ ।’

प्रकाशित मितिः २०७४ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार १६:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...