back
NMB ad

तपाई कुन कम्पनीको सेयरधनी हो, र कुन कम्पनीको हकप्रद ठिक ? छान्नुहोस्

Kumari bank ad

गुडविल फाइनान्स

काठमाडौ । गुडविल फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री गर्न असार २ गते बुक क्लोज गर्ने भएको छ । अब असार १ गतेसम्म कायम सेयरधनीले मात्र गुडविलको सेयर भर्न पाउनेछन् । फाइनान्सले १०ः६ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

हकप्रदको बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केटले गर्दैछ ।

कञ्चन डेभलपमेन्ट बैंक

जेठ मसान्तसम्म कायम सेयरधनीले मात्रै कञ्चन डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत अर्थात दश बराबर तीनको अनुपातमा हकप्रद सेयर भर्न पाउने भएकान छन् । नेपाल धितोपत्र बोर्डबाट गत जेठ ७ गते हकप्रद निष्काशनको अनुमति पाएको बैंकले असार १ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो ।

कञ्चन डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ लाख ५० हजार बराबरको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

यसका लागि बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियूक्त गरिसकेको छ ।

हाल कञ्चन डेभलपमेन्ट बैंकको चूक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चूक्तापुँजी ४५ करोड चार लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

कामना विकास बैंक

कामना विकास बैंकले असार ११ गतेदेखि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कामनाले १०ः३ अनुपातमा सेयर बिक्री गर्न लागेको हो ।

बैंकले १०० रुपैयाँ अंकित मूल्यको २४ लाख १३ हजार १३७.६० कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर साउन १५ गतेसम्म भर्न पाइनेछ । कामनाको हकप्रदमा मंसिर १० गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेवा विकास बैंकसँग मर्ज प्रक्रियामा रहेका कारण मंसिर १२ गतेदेखि कामनाको सेयर कारोबार रोकिएको छ । यो हकप्रदमा एनआइबिएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी कामना विकास बैंकको केन्द्रीय कार्यालय सृजनाचोक, पोखरा–८ कास्की र यसका अधिकांश शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

कामनाको बिक्री प्रबन्धक एनआइबिएल क्यपिटल मार्केट्स हो । हकप्रद सेयर बिक्री पछि कामनाको चुक्ता पुँजी १ अर्ब ४ करोड ५६ लाख ९२ हजार ९६०.९५ पैसा हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार ११:५० मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...