back
NMB ad

पत्रकारलाई अभद्र व्यवहार गर्ने भक्तपुर अस्पतालका अध्यक्षले माफी मागे

Kumari bank ad

भक्तपुर । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आफूले भक्तपुरका पत्रकारलाई अभद्र व्यवहार गरेको स्वीकार्दै कार्यक्रम स्थलमै माफी मागेका छन् । भक्तपुर अस्पतालले आज आयोजना गरेको एक कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारलाई अध्यक्ष खड्काले गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिदैं बरिष्टहरु भनी होच्याउनुका साथै विभिन्न खालका अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिप्रति पत्रकारले भत्सर्ना गर्दै सो कार्यक्रम नै बहिस्कार गरेका थिए । कार्यक्रम स्थलमा बसेका बाँकी पत्रकारहरुका समक्ष आफुले दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी मागेका थिए भने अस्पतालका प्रशासन प्रमुखले समेत अध्यक्षको गलत अभिव्यक्ति आएको स्वीकार्दै उनले पनि असपतालका तर्फबाट क्षमा मागेका थिए ।
यस बिषयमा नेपाल पत्रकारर महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले आफूलाई विवादको बिषयमा पूर्ण जानकारी नभएको बताउँदै यदि अध्यक्ष खड्काले पत्रकारलाई अपहेलित गरेको भए त्यो दुःखद भएको बताएका छन् ।
समाचार संकलनका लागि पुगेका विभिन्न टेलिभिजन, र अनलाईनसँग आबद्ध पत्रकारहरुले कार्यक्रम समयमै शुरु गर्न आग्रह गर्दा उनले पत्रकारलाई होच्याउँदै विभिन्न खालका अभिव्यक्ति दिएका छन् ।
कार्यक्रममा गएका पत्रकारलाई अध्यक्ष खड्काले अभद्र व्यवहार गर्नुका साथै बरिष्ट भन्दै अपहेलित गरेका थिए । आफनो दायित्वबोध नगर्ने र कार्यक्रममा बोलाई सञ्चारकर्मीलाई अपहेलित गर्ने अध्यक्षको नियत र व्यवहार सुधार्न जरुरी रहेको एक पत्रकारको सुझाव छ ।
२४ जेठ २०७४

वि.सं.२०७४ जेठ २४ बुधवार १६:२९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...