back
NMB ad

कृषि विकास बैंकको ११० शाखाबाट निःशूल्क आस्वा सेवा पाइने

Kumari bank ad

काठमाडौ । कृषि विकास बैंक लिमिटेडको ११० वटा शाखाबाट निशूल्क आस्वा सेवा पाइने भएको छ । आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुको हितलाई ध्यानमा राखी बैंकले सेयर दरखास्त राख्नका लागि अति नै उपयोगी मानिएको आस्वा प्रणाली निशूल्क गराएको हो ।

तत्कालका लागि ११० वटा शाखाबाट मात्रै उपलब्ध गराइएको यो सेवा निकट भविष्यमा नै २०० वटा भन्दा बढी शाखाबाट प्रदान गरिने बताइएको छ । यसका लागि आवश्यक कार्यहरु समेत अघि बढाइसकेको बैंकले जनाएको छ ।

यस्तै कृषि विकास बैंक आईपिएसको समेत सदस्य भएकाले कृषि विकासका ग्राहकहरुले अन्य आईपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाहरुमा आफ्नो वा निजहरुले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न तथा भुक्तानी गर्न सक्नेछन् । साथमा आईपिएसका अन्य सदस्य भएका बैंक तथा वितीय संस्थाका ग्राहकहरुले पनि उल्लेखित सुविधाहरुको उपयोग कृषि विकास बैंकमार्फत् गर्न पाउने छन् ।

यसका अतिरिक्त टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु उपलब्ध हुनेछन् भने अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु समेत चरणबद्ध रुपमा लागु गरिँदै लगिने बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २५

वि.सं.२०७४ जेठ २५ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...