back
NMB ad

बेलहिया बुटवल छ लेन सडक पानीले जाम,पूर्वमन्त्री पाण्डेको जनतामारा काम !

Kumari bank ad

नरेश के.सी.,भैरहवा । राप्रपाका नेता तथा पूर्वमन्त्री  विक्रम पाण्डेले ठेक्का सम्झौता गरी निर्माण कार्य थालेको बुद्धचौंक सडकखण्ड अहिले अलपत्र परेको छ । राष्ट्रिय गौरबको आयोजना बेलहिया बुटवल व्यापारीक मार्ग अन्र्तगतको सो सडकखण्ड २०७३ असार ३१ मा सम्पन्न गर्नेगरी सांसद समेत रहेका पाण्डेको निर्माण कम्पनीले ठेक्का लिएको थियो । तर अहिले एक वर्ष वितिसक्दा समेत निर्माण कार्यको प्रगती सन्तोषजनक देखिएको छैन ।

बेलहिया बुटवल व्यापारीक मार्ग अन्तरगतको उक्त सडक निर्माणको ठेक्का कालिका तामांग प्यासेफीकले लिएको थियो । २०७२ असार १ (१६ जुन २०१४ ) मा कालिकाले २०७३ असार ३१ (१५ जुलाई २०१६) भित्र निर्माण सम्पन्न गर्नेगरी ४५ करोड ६४ लाख १ हजार ४ सय ८६ रुपैयामा ठेक्का सम्झौता गरेको थियो । उक्त लागतमा ठेकेदार कम्पनीले डण्डामा ४० मिटर लम्बाइ र १० मिटर चौडाइको पक्की पुल, डण्डा पुलदेखी सीता नर्सरी सम्म ७ सय मिटर बाटो र ब्रमेलीटोलदेखी अन्चलपुर सम्म १४ सय मिटर बाटो निर्माण गर्नेगरी सम्झौता गरेको थियो । अहिले सम्झौता अनुसारको समय सकिएको एक वर्ष वितेको छ । तर कामको प्रगति भने फाइनान्सीयल हिसाबले ५२ प्रतिशत र भौतिक हिसाबले ६० प्रतिशत मात्रै भएको सो साइट हेर्ने बेलहिया बुटवल व्यापारीक मार्ग आयोजनाका इन्जिनीयर योगेन्द्र अधिकारीले बताए । उनले भने ‘काम जुन गतीमा हुनुपर्ने त्यो हुन सकेको छैन । धेरै ढिला भइरहेको छ । ’

पछिल्लो समयमा ठेकेदार कम्पनीले २०७४ साउन १९ गते निर्माण सम्पन्न गर्नेगरी आयोजनासंग म्याद थप गरेको थियो । सो म्याद पनि आउन अब करिब २ महिना छदां सम्म कामले तिब्रता नपाउदां आयोजनाको काम नै प्रभावित भएको छ । काममा भएको ढिलाईको बारेमा आयोजनाले बारम्बार निर्माण कम्पनिलाई लिखीत रुपमा ताकेता गरेको भएता पनि शक्ति र सत्ताको भरमा आयोजनाको निर्देशनलाई टेरपुच्छर लगाएको छैन । आयोजना प्रमुख जिबेन्द्र मिश्रले काम गर्नेगरी काम लिने अनि शक्ति र सत्ताको भरमा ढिलाई गरेर, अटेर गरेर बस्ने जो सुकै भएपनि कारबाहि गरिने जनाए ।

ब्रमेलीटोलदेखी अन्चलपुर क्षेत्रमा अहिले हिड्नै नसकिने गरी खाल्डाखुल्डी पारिएको छ । डण्डामा निर्माणाधीन आरसीसी ब्रीज त्यतिकै अलपत्र छ । काम भइरहको छ तर अत्यन्तै ढिला गतिमा भइरहेको छ ।

ठेकेदार कम्पनिका मान्छेलाई भन्दा भन्दै वाक्क भएपछि बुद्धचौंक क्षेत्रका स्थानियहरुले गत कार्तिक महिनामा सिडिओ कार्यलयमा उजुरी गर्न पुगे । पछि सिडिओको संयोजनमा स्थानियबासीन्दा र निर्माणकम्पनिका प्रतिनिधीबीच छलफल भई समयै काम सम्पन्न गर्ने, सम्झौता अनुसार नियमित धुलायम्मे सडकमा पानी हाल्ने, संकेत चिन्ह राख्ने, व्यस्त सडकमा सवारी साधन र पैदलयात्रुको सेवालाई प्रभावित नगर्ने जस्ता सहमति भए । तर ती सहमती ठेकेदार कम्पनीले केहि दिन लागु गरेजस्तै गरेता पनि पुनः रद्धिको टोकरीमा थन्काइदिएको नागरिक अगुवा विष्णु प्रसाद मरासीनिले जनाए । उनले भने ‘ निर्माणकर्ताले सम्झौता अनुसार कामै गरेको छैन । हिउंदभरी धुलो खाइयो , वर्षातमा हिलो । हामी जनताले कहिलेसम्म सास्ती खेप्ने ? ’

ठेकेदारको लापरबाहीको कारण अहिले लुम्बिनीको प्रवेशद्वार भैरहवाको केन्द्र ब्रमेलीटोल क्षेत्रमा आवतजावतमा ठूलो समस्या परेको हो । सवारीसाधनको अत्यन्तै चाप हुने उक्त क्षेत्रमा ठेकेदारी कम्पनीले जथाभावी खनेका खाल्डाखुल्डी र त्यहां जमेको पानीको कारण वर्षातको बेला आजभोली पैदलयात्रुहरु सो बाटो हिड्दा सास्ती खेप्नुपरिरहेकोछ । पैदल यात्रु मात्रै होइन रिक्सा चालक, साइकल चालक र मोटर साइकल चालकले पनि त्यस्तै सास्ती खेप्नु परेको देखिन्छ । ठूलो ठूला दसचक्के गाडीहरु समेत हिड्ने सो सडक खण्डका खाल्डामा जमेको पानी सवारी साधनको तिब्र गतिमा थिचीदा छेऊछाऊका घरहरु पनि हिलाम्यै बनेका छन् ।

यता ठेकेदार कम्पनिले समयमै कच्चा पदार्थ नपाउदां काममा ढिलाई भएको बताएको छ । कालिका तामांगका इन्जिनीयर रामु ज्ञवालीले भने ‘गिट्टी, ढुंगा, बालुवा पाइएन त्यसैले ढिला भएको हो । ’ ज्ञवालीले काम समयमै हुन नसकेको स्वीकार्दै खाल्डाखुल्डी पुर्ने प्रयास भइरहेको बताए ।

निर्माण कम्पनिका प्रतिनिधीले त्यसो भनिरहदा आयोजनाले सेमरीनाकाबाट १६ हजार घन मिटर र नयामिल नाकाबाट ४ हजार घनमिटर कच्चापदार्थ निकासा गरि दिएको बताएको छ ।

शुरुमा ठेक्का लिई पेश्की रकम लिन तछाडमछाड गर्ने ठेकेदार कम्पनीले अहिले सडक निर्माणको काम यत्तिकै अलपत्र पारेकोछ । राष्ट्रिय गौरबको यो आयोजना अधुरो मात्रै नभएर अलपत्र अवस्थामा परेका छन् । काम गर्न नखोज्ने तर सोर्स फोर्स लगाएर समयावधि थप्ने ठेकेदारहरुको मनोवृति कालिकामा तामांगमा देखिएको छ ।

बहुवर्षिय ठेक्काको रुपमा रहेको राष्ट्रिय गौरबको यो आयोजना समयमा पुरा नहुदां यस क्षेत्रमै बनिरहेको अन्तराष्ट्रिय विमान स्थल, लुम्बिनी विश्व शान्ति शहर जस्ता सरकारका अन्य आयोजना समेत प्रभावित हुने देखिन्छ । बेलहिया बुटवल व्यापारी मार्ग २७ किलोमिटरको रहने र सो क्षेत्रमा पुल, ओभरहेड ब्रिज देखी दायाबाया सडक, सेन्टर सडक, विचमा ३ मिटर ग्रीनरी, नाला, फुटपाथ सहित अन्तराष्ट्रिय स्तरको बनाउने योजनामा छ । यसको शुरुवातको लागत ४ अरब १६ अनुमान गरिएता पनि पछि गोलपार्क सम्म सडक थपीएपछि अहिले ६ अरब पुगेको छ ।

उक्त सडक बनाउन शुरुमा साना शहरी एकिकृत वातवरणीय सुधार आयोजना अन्तरगत एशियाली विकास र्बैंकले चासो देखाई २ अर्ब ४२ करोड दिने इच्छा जाहेर गरेता पनि पछि डा. बाबुराम भट्टराईको पहलमा सो सडक नेपाल सरकारले नै बनाउने गरी काम अगाडी बढाइएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार १७:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...