काठमाडौ। विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ थप अनुसन्धानका लागि ६ दिनको म्याद थपेको छ। शुक्रवार विशेष अदालतले अनुसन्धानको लागि ६ दिन म्याद थप गरेको हो।
आयोगले अदालतमा ३० दिनको म्याद थप गर्न माग गरेको थियो। आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई विशेष अदालत पुर्याएर ७ दिन म्याद थप गरिसकेको छ। स्रोतका अनुसार अख्तियारले २९ वटै आन्तरिक राजस्व कार्यालयबाट कागजात मगाएर अनुसन्धान गर्नुपर्ने भएकोले म्याद थपेको हो।
सबै कार्यालयबाट कर छुटको मुद्दा हेर्नका लागि समय थप गरिएको अख्तियार स्रोतले बताएको छ ।
स्रोतका अनुसार कर फर्छ्यौट आयोग मार्फत् ब्याज मिनाहा बाहेक जनताबाट उठाएको भ्याटवापतको रकम समेत ब्यापारीलाई फिर्ता दिएकोमा अख्तियारले बढी चासो राखेर बयान लिइरहेको छ।
गत शुक्रवार शर्मालाई भष्टाचारको अभियोगमा अख्तियारले पक्राउ गरेको थियो।
प्रकाशित मितिः २०७४ जेठ २६
वि.सं.२०७४ जेठ २६ शुक्रवार १८:०३ मा प्रकाशित