back
NMB ad

प्रदेश महासंघलाई सशक्त बनाउन ४० प्रतिशत बजेट छुट्याइने

Kumari bank ad

पोखरा। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले देशका सातवटै प्रदेशमा स्थापना भएका उद्योग वाणिज्य महासङ्घ आर्थिक रुपमा सशक्त हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं – ४ को प्रथम सभाको आज यहाँ उद्घाटन गर्दै उनलेले केन्द्रको आम्दानीमध्येको ४० प्रतिशत प्रदेश उद्योग वाणिज्य महासङ्घका लागि छुट्टाइने जानकारी दिएका हुन् ।

पूर्वअध्यक्ष ढकालले स्थानीय तहका निर्वाचित पदाधिकारीसँग सहकार्य गरेर स्रोत र साधनको अधिकतम परिचालनबाट मुलुकलाई आर्थिक समृद्धितर्पm अग्रसर गराउन महासङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिए ।

महासङ्घ प्रदेश नं– ४ तदर्थ समितिका संयोजक सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा महासङ्घका केन्द्रिय सदस्य दीपक लम्साल, निर्माणकुमार श्रेष्ठ, ध्रुव भारी, म्याग्दी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष जीवन विश्वकर्मा र सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीलगायतले मुलुकको आर्थिक समृद्धि सबैको साझा दायित्व भएको बताए।

प्रदेश नं– ४ को नेतृत्वसमेत चयन गर्ने गरी आयोजना गरिएको सो सभामा यस प्रदेश अन्तर्गतका १७ जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष र प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मितिः २०७४ जेठ २७

वि.सं.२०७४ जेठ २७ शनिवार १७:०० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...