भरतपुर प्रकरणः सर्वोच्चबाट आज मुद्दाको टुंगो लाग्न सकेन

काठमाडौ। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लाग्न सकेन ।न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनेमा परेको सर्बोच्चले जनायो ।

१७औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो । यता एमालेले भरतपुर १९ को पुनः मतगणना सुचारु गर्न माग गरिरहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ २८

२०७४ जेष्ठ २८ गते १५:१६ मा प्रकाशित

You can share this post!

आरजुलाई मिस नेवा उपाधि !

सवारी दुर्घटना: एकै परिवारका ९जना सहित १९को मृत्यु

Related posts