काठमाडौ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ आंै महासभामा भाग लिन जेनेभा प्रस्थान गरेका छन् । नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघबाट पहिलो पटक उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागी भएको छ ।
नेपाल उद्योग परिसंघलाई उपलब्ध गराइएको यस अवसरले एकातिर नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल उद्योग परिसंघ र मुलुकको निजी क्षेत्रबीचको सम्बन्ध थप सुमधुर रहेको देखाएको छ भने अर्कातिर निजी क्षेत्रको ६० प्रतिशत भन्दा बढी औपचारिक रोजगारी प्रदान गर्दै आएको क्षेत्रको परिसंघका उद्योग प्रतिष्ठानहरु एवं ट्रेड युनियनहरु बीचको औद्योगिक सम्बन्ध विश्वासमा थप सहयोग पुग्ने विश्वास परिसंघले लिएको छ ।
प्रकाशित मितिः २०७४ जेठ २९
वि.सं.२०७४ जेठ २९ सोमवार १३:०८ मा प्रकाशित