back
NMB ad

बस दुर्घटनाः १ बालकको मृत्यु,अन्य ५ घाइते !

Kumari bank ad

खोटाङ । खोटाङमा भएको बस दुर्घटनामा खोटाङमा ११ महिने एक शिशुको ज्यान गएको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बा २ ख ७०७१ नम्बरको बस सोमबार राति हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा भित्तामा ठोक्किँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका शिशु अजित बिश्वकर्माको घटनास्थलमै ज्यान गएको हो ।

मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको भित्तामा ठोक्किँदा काखको शिशु झ्यालबाटै उछिट्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनामा रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षकी मनकला राई, ३० वर्षकी अनु राई, १४ महिने नयन राई, २१ महिने समनिया राई गम्भीर घाईते भएका छन् । यस्तै, दुर्घटनामा ३३ वर्षका कृष्णबहादुर राई पनि घाइते भएको प्रहरीचौकी च्यास्मीटारले जनाएको छ । घाइतेलाई उपचारका लागि कटारी, धरान लगायतका स्वास्थ्य संस्थातर्फ पठाइएको छ । दुर्घटना लगत्तै बसका चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ०८:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...