back
NMB ad

काठमाडौका मेयर शाक्य र शेष घलेबीच भेट,ठूला परियोजनाको लगानीमा घलेले यसो भने..

Kumari bank ad

काठमाडौ। काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ । सोमबार भएको भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौको समृद्धिका लागि लगानी गर्ने हो भने लगानीमैत्री नीति निर्माण सकिने बताए ।

नेपालको राजधानी सहर काठमाडौँको व्यवस्थापनका लागि व्यावसायिक सहभागिता मात्र होइन सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिन्छ, प्रमुख शाक्यले भने । काठमाडौँमा सम्पन्नता मात्र छ, यहाँ हुने मान्छे मात्र छन् भनेर सोच्नु हुँदैन, सहरभित्रै पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिकरुपमा उत्थान गर्नुपर्ने मानिस पनि छन्, भेटका क्रममा प्रमुख शाक्यको भनाइ थियो ।

“नेपालबाट विदेश पुगेका धेरै नेपालीले २०७२ सालको भूकम्पपछि आफ्नो भूमिलाई सम्झिएका छन् । धेरै लगानी पठाएका पनि छन् । यसरी केही गर्छु भन्नेलाई वातावरण दिनुप¥यो”, सोमबार भएको भेटका क्रममा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले भने ।

आफूले काठमाडौँको समृद्धिका लागि देखिने काम गरिरहेको बताउँदै घलेले भने, यस प्रकारका ठूला परियोजना सञ्चालन गर्नेका लागि छुट्टै नीतिगत व्यवस्था गरिदिनु पर्छ । लागत, सहभागिता, गुणस्तरलगायतका पक्षबाट साना लगानीका परियोजना र ठूला लगानीका परियोजना छुट्टै हुन् ।

भेटकाक्रममा प्रमुख शाक्य र अध्यक्ष घलेबीच सहरी सुविधा तथा सहरी व्यवस्थापनमा सम्भावित लगानीका विषयमा कुराकानी भएको थियो ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ०९:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...