back
NMB ad

विद्युत् आपूर्ति नभएको विरोधमा उत्पादन गृहमा तालाबन्दी

Kumari bank ad

नवलपरासी । विद्युत् आपूर्ति ठप्प भएको विरोधमा स्थानीयले नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी गरेका छन् । जिल्लाको गुठीसूर्यपूरास्थित गण्डक जल विद्युत् केन्द्रमा मङ्गलबार स्थानीयद्वारा कार्यालय घेराउ गरी विद्युत् महसुल कक्षमा तालाबन्दी गरेका हुन् ।

प्रतापपुर गाउँपालिका–८ पिपरपातीमा करिब १५ दिनदेखि ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या आएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति पूर्णरुपमा ठप्प हुँदा विद्यार्थीको पठनपाठनमा समेत समस्या भएको स्थानीयको गुनासो छ ।

गाउँमा १०० केबीको ट्रान्सफर्मर जडान गर्नका लागि करिब छ महिना अगाडि नै नेपाल विद्युत प्राधिकरणमा उजुरी गरेको भए पनि हालसम्म बेवास्ता गरेको हुँदा बाध्य भएर ताला लगानुपरेको स्थानीयले बताएका छन् ।

विद्युत् सञ्चालन गर्नका लागि प्राधिकरणले त्यस ठाउँमा ५० केबीको ट्रान्सफर्मर जडान गरिएको थियो ।

बिग्रीएको ट्रान्सफर्मर मर्मतका लागि स्थानीयले दवाव स्वरुप तालावन्दी गरेको स्वीकार गर्दै बिद्युत् उत्पादन गृहका प्रमुख सुरेश रावतले भने– “उक्त ट्रान्सफर्मर मर्मतको काम अघि बढाईएको र केहि दिनमै मर्मत भएर त्यहाँ विधुत सुचारु हुनेछ ।”

प्रकाशित मितिः २०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १३:०२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...