निर्वाचन आयोगले भन्यो,असार १४ को निर्वाचन मिति सार्न सकिन्न !

काठमाडौ । निर्वाचन आयोगले असार १४ गतेलाई तोकिएको स्थानीय तहको चुनाव सार्न नसकिने स्पष्ट पारेको छ । चुनावको मिति अझै पछि सार्दा प्रदेश तथा संघको चुनाव समेत प्रभावित हुने भन्दै चुनावको मिति सार्ने प्रस्ताव आयोगले अस्वीकार गरेको हो ।

सत्तारुढ दल र निर्वाचन आयोगबिच भएको छलफलपछि पत्रकारसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार नै मनोनयन दर्ता हुने जानकारी दिए । सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको भनेर आश्वस्त पारेको हुनाले शुक्रबारको मनोनयन दर्तामा समस्या नहुने उनको भनाई छ ।

असन्तुष्ट राजपालाई पनि चुनावमा ल्याउन चुनावको तालिका हेरफेर गर्न सकिन्छ कि भनेर निर्वाचन आयोगसँग छलफल गरेको तर आयोगको तर्फबाट सम्भव नरहेको जानकारी गराएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । चुनावको मिति सार्न नसकिने आयोगको भनाईपछि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।

प्रकाशित मितिः २०७४ असार १

२०७४ असार १ गते १२:१० मा प्रकाशित

You can share this post!

६० प्रतिशत नेपाली बैंकिङ पहुँचबाहिर, के हुन्छ अब ?

च्याम्पियन्स ट्रफीः पाकिस्तान फाइनलमा,इंग्ल्याण्ड हार्‍यो !

Related posts