१ः१ अनुपातमा हकप्रद जारी गर्दै गरेको यो कम्पनीबारे तपाईलाई कति थाहा छ?

काठमाडौ । लुम्बिनी जनरल इन्सुरेन्सले १००प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले लुम्बिनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले ३९ लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

यसमा सीबीआइएल क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बिमा समितिले चुक्ता पुँजी बढाउन निर्देशन दिइसकेको अवस्थामा कम्पीको भारीमात्रामा हकप्रद आउन लागेको हो । बिमा समितिको निर्देशन अनुसार निर्जीवन बिमा कम्पनीले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ ।

प्रकाशित मितिः २०७४ असार २

२०७४ असार २ गते १५:४७ मा प्रकाशित

You can share this post!

हाईड्रोको लाखौं कित्ता आइपिओ निष्काशन हुँदै,जान्नुहोस् !

यतिबेला होटल व्यवसायी निराश बन्नुको कारण के ?

Related posts