नयाँदिल्ली। भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो ५ वर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गरेका छन् । उनको कार्यकाल आउदो महिना सकिदैछ ।
पछिल्लो पटक मे महिनाको अन्तिम हप्ता राष्ट्रपति मुखर्जीले २ जनालाई माफी दिन अस्विकार गरेका थिए । सो कुरा भारतीय सञ्चारमाध्यमले शनिबार जनाएको छ ।
उनले माफी दिन अस्विकार गरेका मध्ये एकजना ४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियुक्त पनि थिए । इन्डोरको मध्यशहरमा भएको त्यो घटनामा उनीसँगै अरु ३ जना पनि संलग्न थिए ।
त्यसैगरी माफी नपाउने अर्का व्यक्ति भने सन् २००७ मा पश्चिमी शहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन् ।
उल्लेखित २ घटनामध्ये पहिलो घटनामा संलग्न ३ जना र दोस्रो घटनामा संलग्न २ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ । राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरलाई झुण्डाएर फासीको सजाय दिइने छ ।
राष्ट्रपतिबाट माफी पाउन अस्विकार भएका अरु २८ जना मध्ये एक जना मुम्बइमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमिर कसाब पनि रहेका छन् ।
अब राष्ट्रपति मुखर्जीसमक्ष आममाफी नदिन गरिएका अपिलको सूची पनि छैन । उनको पुर्ववर्ती प्रतिभा पाटीलले दोषी ठहर भएका ३४ जनालाई माफी दिएका थियो ।
प्रकाशित मितिः २०७४ असार ३
वि.सं.२०७४ असार ३ शनिवार १६:४३ मा प्रकाशित