back
NMB ad

जुन समाचारका कारण भण्डारी र भट्टमाथि प्रहरीले प्रतिशोध लियो !

Kumari bank ad

भीमदत्तनगर । कञ्चनपुरका पत्रकारद्वय खेम भण्डारी र गणेशदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका शुक्लाफाँटा नगरपालिकाका पूजा नाथ र कञ्चन नाथका परिवारले दिएको उजुरीका आधारमा भीमदत्तनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका प्रकाशक/सम्पादक भण्डारी र सोही दैनिकका कार्यकारी सम्पादक रहेका भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर मिति समेत नखुलाइएको पुर्जिमा सार्वजनिक अपराध लेखिएको छ ।

पूजा र कञ्चनलाई केही दिनअघि प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाएको विषयमा मानशखण्ड दैनिकले समाचार सम्प्रेषण गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीम दाहालले प्रहरीको हिरासतमा रहेका कञ्चनका बुबा खेमराज नाथले छोरी र बहिनी पूजाका विषयमा निरन्तर सञ्चार माध्यममा समाचार आएर सामाजिक बेइज्जत भएको भन्दै सार्वजनिक अपराध ऐनअन्तर्गत पत्रकारलाई कारबाहीका लागि उजुरी दिएको बताए ।

लामो समयदेखि पत्रकारितामा सक्रिय भण्डारी न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष हुन् । भण्डारीले भीमदत्तनगरमा रेडियो महाकाली र मानसखण्ड दैनिक पत्रिका सञ्चालन गर्दै आएका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखा, केन्दीय कार्यालय, प्रेस चौतारी नेपाल लगायत संघ संस्थाले खेद प्रकट गरेको छ ।
प्रहरीले पक्राउको बहाना उजुरीलाई बनाएपनि घटना नियोजित रहेको स्थानीय पत्रकारहरु बताउँछन् ।

यस्तो थियो पक्राउ गराउने समाचार !

कञ्चनपुरका एसपीमाथि २ युवती अपहरणको आरोप

वि.सं.२०७४ असार ३ शनिवार १८:४३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...